Sunday, November 29

तपाईँ बेरोजगार हुनु हुन्छ भने अब बैंकबाट ऋण सजिलै यसरी झिक्न सक्नु हुनेछ

September 25, 2020 316

काठमाण्डौ । यतिबेला देश विदेशमा रहेका धेरै नेपालीको कोरोना महामारीका कारण रोजगारी गुमेको छ । विदेशमा रोजगारी गुमेपछि कतिपय नेपालमै केही गर्ने योजनासहित नेपाल फर्किएका छन् भने कतिजना फर्कने तयारीमा छन् । तर कोरोनाले गर्दा अहिले अवस्था एकातिर काम गर्न खोज्नेले ऋण पाई रहेको छैन भने अर्कोतिर बैंकले ऋण लिने पाईरहेको छैन ।

यस्तो अवस्थामा बैंकले क्रृण लिनकालागी सजिलो बाटो बनाई दिएको छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले यस लकडाउनको मर्कामा परेकाहरु जो क्रृण लिएर आफ्नो व्यावसाय गर्न चाहान्छन् उनीहरुकोलागी सजिलैसंग बैंकबाट क्रृण झिक्ना पाउने व्यवस्था गरिदिएका छन् ।

अध्यक्ष दाहालका अनुसार व्यावसाय गर्न चाहानेहरुलाई राम्रो व्यवसायिक योजना बनाएर बैंकलाई कन्भिन्स गर्ने र उक्त योजना बैंकलाई चित्त बुझ्दो र भर पर्दा लागेको खण्डमा बैंकले सजिलै क्रण दिने बताए । त्यसरी व्यावसायिक योजना बनाउँदा क्रृण लिन चाहेका व्यक्तिहरुले यस प्रकारका योजनाहरु बनाउनु पर्ने उनले बताए ।

कस्तो व्यावसाय गर्न खोजेको हो त्यस्को विवरण, त्यसमा संलग्न व्यक्ति, कच्चा पदार्थको पहुँच, यातायात, कर्मचारी व्यवस्थापन काममा अरु को को छन् लगायत एउटा व्यवसायको जुन चेन हुन्छ त्यो चेनको हरेक स्टेपलाई बैंकले विश्लेषण गरेर मात्र ऋण दिने उनले बताए ।

उनले भने,‘अहिलेको समय भनेको त बैंकमा धेरै रकम भएको बेला हो । यो बेलामा त झन ऋण पाउने सम्भावना बढी छ । किनभने बुवाआमाले पनि त धेरै पैसा छ भने छोराछोरीले मागे जति दिनुहुन्छ । तर कम पैसा छ भने प्रश्न पनि धेरै गर्नुहुन्छ । यो उदाहरण बैंकले दिने लोन सम्बन्धी व्यवस्थामा पनि मिल्छ ।’

प्रतिकृया दिनुहोस्