शुक्रबार १२ कार्तिक २०७८

सरकारले आउँदो शनिवार आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट ल्याउँदैछ । संसद विघटन भएपछि अध्यादेशबाट बजेट आउनेछ । नेपालको संविधान (२०७२) बनेपछि पहिलो पटक अध्यादेश मार्फत आगामी बजेट सार्वजनिक गर्न लागिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनावको मिति पनि घोषणा गरिसकेका छन् । यसकारण पनि अबको चुनावमा जसरी पनि जनमत आफ्नो पक्षमा पार्ने ओली सरकारको रणनीति छ ।

आगामी बजेटमा प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रमा उल्लेख भए बमोजिम नै सामाजिक सुरक्षा अन्र्तगतको वृद्धभत्ता पाँच हजार पुर्याउन दबाव दिइरहेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।

यो पनि :

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बारे बोल्यो भारत, दियो यस्तो सन्देश

काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतीय विदेश मन्त्रालयले आन्तरिक मामिला भनेको छ । बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको बताएका हुन् ।

बागची ले भनेका छन्, ‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेका छौं । यसलाई हामी नेपालको आन्तरिक मामिलाका रुपमा नै लिन्छौँ ।’ त्यस्तै नेपालले अहिलेको समस्या आफै समाधान गर्नुपर्ने पनि भारतीय विदेश मन्त्रालयको भनाइ छ ।

‘नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ । त्यस्तै एक छिमेकी मुलुक भएका नाताले भारतले सधैं नेपालको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा समर्थन गर्ने पनि विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

पछिल्लो समय नेपालको राजनीतिक मामिलामा भारतीय हस्तक्षेप रहेको भन्ने धारणा विकास भएको समयमा भारतीय विदेश मन्त्रालयद्वारा स्पष्टीकरण आएको हो । केही दिनअघि मात्रै नेपालका लागि भारतीय पूर्वराजदूत रन्जित रेले ‘भारत नेपालमा निरंकुश शासनको पक्षमा छ भन्ने आम धारणा’ लाई भारतले हटाउनुपर्ने बताएका थिए ।

 

७५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया