Tuesday, November 24

प्रिज्मा र प्रिन्सीको टिकटक बनाएरै लाखौं कमाई(भिडियो सहित)

September 24, 2020 249

काठमाण्डौ – ५ मिनेटको फरकमा जन्मिएका प्रिज्मा र प्रिन्सी खतिवडा टिकटकमा खुबै हि,ट छन् । उनीहरुको टिकटकमा लाखौं फलोअर्स छन् ।

टिकटकबाटै स्टार सेलिब्रेटीको द,र्जा पाएका उनी,हरुलाई अहिले म्यूजिक भिडियोमा खेलाउन गायक गायिकाहरुबीच हानाथाप हुने गरेको छ । उनीहरुलाई के वि,श्वास छ भने यी जुम्ल्याह दिदी बहिनीलाई अभिनय गराएपछि म्यूजिक भिडियोले बजार पि,ट्छ ।

यी दुईलाई चलचित्रबाट अभिनयको समेत प्र,स्तावहरु आइरहेका छन् । तर, उनीहरु तत्का,ल अभिनेत्री बन्ने सोचमा छैनन् ।

नाच्न आएर मात्र अभि,नेत्री नहुने उनीहरुको तर्क छ । उस्तै रुपरंग र शारीरिक बनावट भएका प्रिज्मा र प्रिन्सी ठूलो पर्दामा कहिले देखिन्छन्, धेरैका लागि प्रतिक्षा र चासोको विषय बनेको छ । यद्यपि, उनीहरु म्यूजिक भिडियोबाट दर्शक,माझ भने पु,गिरहेका छन् ।

टिकटकबाट रातारात स्टा,र भएका यी सुन्दरी दिदी बहिनीले अहिलेसम्म एक दर्जन बढी म्यूजिक भिडियोमा कम्मर कमाइसकेका छन् ।

चलचित्र ‘लभ डायरीज’ को ‘छम छम’ बोलको गीतमा समेत नृत्य गरिस,केका प्रिज्मा र प्रिन्सी अहिले ‘यस्तो बनोस् मेरो तीज’ बोलको गीतका कारण चर्चामा छन् । यो तीज गीतले इन्टरनेट रिलिजको एक हप्तामा ११ लाख भ्यू,ज प्राप्त गरिसकेको छ ।

 

गीतको भिडियोमा प्रिज्मा र प्रिन्सीको नृत्य र सुन्दरतालाई दर्शकहरुले निकै रुचाएका छन् । भिडि,योमा ‘बले’ नामले परिचित सागर लम्सालको पनि अभिनय छ । गायिका तथा संचारकर्मी अनिता चलाउनेको स्वर रहेको गीतमा बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीत छ । गीतलाई दर्शकबाट मिलेको प्रति,क्रियाले गायिका चलाउने खुसी देखिएकी छन् ।

 

धेरै कमलाई थाहा छ, प्रिज्मा र प्रिन्सी खतिवडाले टिकटकमा भिडियो बनाएबापत पनि पारिश्रमिक बुझ्ने गरेका छन् । आखिर एउटा भिडियो बनाएको कति पारिश्रमिक बुझ्छन् त उनीहरु ? ठूलो पर्दासँगको अन्तर्वार्तामा उनीहरुले भनेका छन्, ‘यति नै भन्ने छैन ।

हामीलाई फोन गरेर प्रमोसनल भिडियो बनाउन आग्रह गर्नुहुन्छ । सहमतिको आधारमा पारिश्रमिक लिने गरेका छौं ।’-ठुलोपर्दाटीभि।

हेर्नुहोस भिडियो कुराकानी:

 

प्रतिकृया दिनुहोस्