शुक्रबार २२ साउन २०७८

सरकार र नेकपा विप्लव समूहबीच भएको वार्ताका क्रममा भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने समारोह सुरु भएको हो । बिहीबार भएको सहमतिअनुसार हस्ताक्षर समारोह राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको हो ।
सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विद्रोही नेकपाका महासचिव विप्लव सहितका नेताहरुको सहभागिता रहेको हो ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् । समारोहलाई प्रधानमन्त्री केपी ओली र विद्रोही विप्लव लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।

यसरी सार्वजनिक भए बिप्लव हेर्नुस् भिडियो सामाग्री

aajakosandesh

७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया