Friday, December 4

सञ्चारकर्मी कञ्चन थापाले घरभाडामा ५० प्रतिशत छुट

September 24, 2020 158

काठमाडौं । को’रोना म’हामारीमा भएको बन्दाबन्दीले स’मस्यामा परेका भाडावाला व्यवसायीलाई सञ्चारकर्मी कञ्चन थापाले घरभाडामा ५० प्रतिशत छुट दिनुभएको छ । पोखरा महानगरपालिका वडा नं ५ पस्याङस्थित घरभाडामा रहेको ‘मल्टी स्टार मोटर प्रालि’को शो रुमलाई तीन महिनाको ५० प्रतिशत भाडा छुट दिइएको थापाले जानकारी दिनुभयो ।

“अहिलेको अवस्था सहज छैन, घरधनीका पनि आफ्नै स’मस्या छन् । व्यवसाय नै सञ्चालन हुन नसक्दा व्यवसायी झन् मर्कामा छन् । त्यसैले हामीले तीन महिनाको घरभाडामा छुट दिने निर्णय गरेका हौँ ”, अन्नपूर्ण एफएम र फेवा टेलिभिजनकर्मी थापाले बताउनुभयो ।

थापाका श्रीमान् नरेन्द्र कोइरालाले घरभाडामा तीन महिनाको कुल रु एक लाख ३५ हजार छुट दिइएको र सम्झौतानुसार प्रत्येक वर्ष बढाइएको १० प्रतिशत भाडा पनि एक वर्ष नबढाइने निर्णय गरिएको जानकारी दिनुभयो ।

यो पनी

मचान ४

उनी रिक्सा बोलाएर आइपुगेका थिएनन् । उनी नआउन्जेलसम्म मलाई व्यथा लागेर धेरैपटक दिसा, पिसाब गर्न गइसकेकी थिएँ । पेट खाली भइसकेको थियो । शौचालय जाँदा दिसा–पिसाब केही आउँदैनथ्यो, पेट मात्र दुखिरहेको थियो ।

उनी नफर्केपछि कसैलाई सहयोग माग्नुपर्छ भनेर मैले झट्ट दुखियालाई सम्झे । ऊसँग नबोलेको एक वर्ष भइसकेको थियो । ऊसँग बोल्न मन लागेको थिएन, तर व्यथाले च्यापेपछि उसलाई सम्झेँ । दुखिया क्याम्पस पढ्न जान्छ र गाउँका केटाकेटीलाई घरमा ट्युसन पढाउँछ भन्ने सुनेकी थिएँ । उसकी स्वास्नी तीन महिनाकी गर्भवती छे । आजसम्म उसकी स्वास्नीलाई देखेकी थिइनँ ।

म सकिनसकी मचान चढेँ । मचानमा चढेर दुखियालाई बोलाउँछु भनेर उनको घरतिर हेरेँ । उसले अम्बा खाइरहेको थियो । टोकेको त्यही जुठो अम्बा आफ्नी स्वास्नीलाई खुवाइरहेको थियो । मैले एकछिनका लागि व्यथा बिर्सें । उनीहरूको लीला हेर्न व्यस्त भएँ । उसको स्वास्नीको अनुहारतिर हेरेँ । दुखियाकै उमेरको देखेँ । लुरी, न्याउरी, फु गर्दा ढल्ने दुब्ली । अनुहारतिर हेरे कालो वर्णकी, नेप्टो नाक, ठुटो कपाल, बाक्लो ओठ भएकी दुखियाकी स्वास्नीलाई देखेर म धेरै हर्षित भएँ । किनकिन मभन्दा राम्ररी उसकी स्वास्नी नहोस् भन्ने म चाहन्थेँ । मलाई उसकी स्वास्नीदेखि इष्र्या लाग्थ्यो । आखिरमा सही भयो । मजति राम्री उसकी स्वास्नी थिइनँ । म ढुक्क भएँ । म अरुलाई नराम्रो लाग्न सक्छु तर आफू मलाई मनपर्छ । मलाई लाग्छ, म सबैभन्दा राम्री छु । म उसकी स्वास्नीभन्दा राम्री छु भनेर घमण्डले मेरो छाती ढक्क फुल्यो ।

दुईजना स्वास्नी मान्छेसँग सुत्ने पापी मोरो । हुन त म पनि के कम थिएँ ? म पनि त दुईजना पुरुषसँग सुतेकी थिएँ । छ्या ! आफ्नै चरित्र हेर्दा पनि कस्तो बहुरूपी । तर, मलाई कसैको डर छैन, पश्चाताप पनि छैन । हो, म दुखियासँग एक वर्ष अगाडि सुतेकी थिएँ । उसलाई कुनै वेला प्रेम गर्थें, यति कुरा बोल्न पनि केको भय ?

उसले स्वास्नीको चाकरी गरेको मलाई मनपरेन । मोरोदेखि रिस उठ्यो । गएर अम्बा खोसेर फालिदऊँ लाग्यो । उसकी स्वास्नीको कपाल भुत्लाएर थप्पड हान्न मन लाग्यो । कुनैबेला ऊ मेरो प्रेमी थियो । ऊ आज स्वास्नीलाई जुठो अम्बा खुवाउँदै जिस्किँदै गरेको म कसरी हेर्न सक्थेँ ? गएर दुवैको गाला पड्काएर आऊँ लाग्यो । म उनीहरू जिस्केको देख्न सकिनँ । रिस मात्र उठ्यो । उसले आफ्नी स्वास्नीलाई गरेको हेरचाह देखेर जसरी मलाई रिस उठ्यो, त्यसरी नै मेरो लोग्नेले मलाई माया गरेको सम्झेर दुखियालाई पनि रिस उठ्दो हो । उसलाई रिस उठे उठोस्, मलाई वास्ता छैन । उसले मेरो भावना नबुझीकन लुकेर बिहे गर्यो भने म किन उसको पछि लागौँ ?

आफ्नो गल्ती कसले देख्छ र ? हो म पनि बढी दोष दुखियालाई नै दिन्छु । उसले मलाई धोका दिएको थियो । उसलाई बिहे गर्ने मन थियो भने मलाई म बिहे गर्छु भनेर एकपटक भन्न सक्थ्यो ! एक्लै निर्णय लिने एकलकाटे मोरो !

मेरो ध्यान फेरि पेट दुखेकोतिर गयो । फेरि व्यथाले च्याप्यो । पेट समात्दै म सकिनसकी मचानबाट ओर्लें । आँगनमा आएँ । उनी रिक्सा लिएर आइपुगेका थिए । म रिक्सामा चढेँ ।

अस्पताल नपुग्दै बाटोमा मैले तीन–चारपटक रिक्सा रोकेर पिसाब फेर्न ओर्लिसकेकी थिएँ । पिसाब फेर्न बस्थेँ तर पिसाब आउँदैनथ्यो । पेट अर्कै किसिमले दुखिरहेको थियो, पेट नै तल झर्लाजस्तै गरी । व्यथा पनि अनौठो खालको लाग्ने रहेछ, उठबस गर्न नमिल्ने, सहनै नसकिने । हामी अस्पताल पुग्याैं । नर्सले भिडियो एक्स–रे गरेर हेरिन्, ‘आजै बच्चा जन्मिन्छ’ भनिन् । नर्सको कुरा सुनेर मैले भनेँ, ‘सात महिना मात्र भएको छ ।’ मेरो कुरा सुनेर नर्सले भनिन्, ‘कुनै कुनै केस यस्तै हुन्छ ।’ म र मेरा लोग्ने नर्सको कुरा सुनेर छक्क पर्यौँ । मलाई डर लाग्यो । एकातिर व्यथा लागिरहेको थियो भने अर्कोतिर त्यति ठूलो बच्चा कसरी निस्किने होला भनेर मेरा हात–खुट्टा डरले लगलग काम्यो । निधारमा चिट्चिट् पसिना आयो । उनले इसारा गर्दै शान्त हुन भने । उनको इसारा बुझेर म शान्त हुने प्रयास गरँे ।

कुनै कुनै बेला व्यथा लाग्दैनथ्यो, त्यसै सेलाएर जान्थ्यो । फेरि अचानक धेरै जोरले व्यथाले च्याप्थ्यो । सहनै सक्दिनथेँ । धेरै चिच्याउन मन लाग्थ्यो । मलाई बच्चा जन्माउने ठाउँतिर लगे । त्यहाँ एउटी गर्भवतीले बेसरी कराउँदै भनिरहेकी थिइन्, ‘माई गे माई मोइर गेलियै । मुन्साके आब लग मे सुतैले नै देबै ।’

उनले आफ्नो लोग्नेलाई अब नजिक सुत्न दिन्नँ भनेर गाली गर्दै थिइन् । नर्सले उनलाई हान्ने गरी थप्पड उनको अनुहारनजिक लगिरहेकी थिइन् र भनिरहेकी थिइन्, ‘नकरा नत्र झापट खान्छेस् ।’ तर झापट हानेकी थिइनन् । मलाई नर्सदेखि साह्रै रिस उठ्यो । बिचरी व्यथाले छटपटाइरहेकी मान्छेलाई त्यसरी किन हान्न खोजेकी होलिन् ? नर्स पनि स्वास्नीमान्छे थिइन् ! उनले पनि एक दिन यस्तै व्यथाको अनुभव गर्नुपर्नेछ । आफूलाई नपरेसम्म अरुको व्यथा अनुभव गर्न सक्ने क्षमता कसैमा कहाँ हुन्छ र ?

नर्सको व्यवहार मलाई ठीक लागेन । मलाई जति नै व्यथा लागे पनि म नर्सको व्यवहार देखेर कराउन छाडेँ । बिस्तारै कराउँथे । बढी नै व्यथा लागेका बेला व्यथा सहन नसकेर रुन्थेँ । बरु आँखाबाट भेल बग्थ्यो, तर कराउँदैनथेँ । ‘सात घन्टापछि मात्र बच्चा जन्मिन्छ,’ नर्सले भनिन् । उनले मलाई बरन्डामा बिस्तारै ओहोरदोहोर गर्न अह्राइन् । व्यथाले च्यापेका बेला कसरी ओहोरदोहोर गर्ने भनेर मनमनै नर्ससँग रिसाएँ, तर केही बोलिनँ । नर्सले सायद मेरा लागि सही भन्दै थिइन् । बरन्डामा म ओहोरदोहोर गर्न थालेँ । व्यथा नियन्त्रण भइरहेको थिएन, त्यसमाथि हिँड्नुपर्ने । यताउता हिँडेको झन्डै आधा घन्टापछि उनले मलाई कोठामा लगिन् ।

सात घन्टाको व्यथापछि नर्सहरू आए । मलाई फराकिलो लुगा लगाउन भने । मैले जिउभन्दा फराकिलो लुगा लगाएँ । मलाई बेडमा पल्टिन लगाएर बल लगाउन भनियो । जति बल लगाए पनि बच्चा निस्किरहेको थिएन । त्यसमाथि व्यथा पहिलेको भन्दा झनै दोब्बर लागिरहेको थियो । दिनभरिको व्यथाले म कमजोर भइसकेकी थिएँ । आँखा बन्द गरेर बल लगाउन खोज्थेँ तर व्यथाले गलिसकेकी थिएँ । तैपनि जबर्जस्त बल लगाइरहेकी थिएँ । नर्सले मलाई सुई लगाइन् । सुई लगाइसकेपछि नर्सले मेरो पिसाब फेर्ने ठाउँ थोरै चिरेर बच्चा निकालिन् । र, भनिन्, ‘छोरो जन्मियो ।’

मेरो अनुहारभरि चिट्चिट् पसिना थियो । भित्र भएका रगत नर्सले हात छिराएर सोहोरेर निकाले । म मरणासन्न अवस्थामा पुगिसकेकी थिएँ । मुखको सबै थुक सुकिसकेको थियो । बच्चा निस्केर व्यथा कम भयो, तर थाकेर कमजोर भइसकेकी थिएँ । बच्चा जन्माउनु अर्को जन्म जन्मनु रहेछ ।

पिसाब फेर्ने ठाउँमा चिरेको हुनाले त्यो ठाउँमा नर्सले टाँका लगाउन थालिन् । टाँका छालामै लगाएको जस्तो लाग्यो । सबै थाहा पाइरहेकी थिएँ । दुखेर पीडा यति धेरै भइरहेको थियो कि छटपटाउन पनि सकेकी थिइनँ । उठेर भाग्न मन लागेको थियो । आँखाबाट आँसु बगिरह्यो । स्वास्नी मान्छेको जिन्दगी किन यस्तो हुन्छ ? किन यति धेरै व्यथा र पीडा झेल्नुपर्छ ? पछि औषधिले दुखाई कम हुँदै गयो । त्यसपछि के भयो मलाई थाहा भएन । जब आँखा खोले उनी बाबुलाई बोकेर म्वाइँ खाइरहेका थिएँ । बाबुलाई देखेर म आमा बनिसकेको अनुभव भयो । म मुसुमुसु हाँसेँ ।

दोस्रो दिन जब हामी घर पुग्यौँ, टोलभरिका मान्छे मलाई र बच्चालाई हेर्न आए । बच्चा सामान्य थियो, तैपनि सातै महिनामा जन्मेको बच्चा कस्तो होला भनेर हेर्न आएका थिए । मान्छेको भीडबाट दुखिया पनि हेरिरहेको थियो । उसले घाँटी तन्काउँदै बच्चातिर हेर्न खोजिरहेको थियो । तर, भीडका कारण देख्न सकेको थिएन । हामी आँगनमा आयौँ । छातीभित्र दूध जमेर कुनै तीखो वस्तुले घोचेझैँ छाती टनटन दुखिरहेको थियो । जब बच्चाले पहिलोपटक दूध चुस्न थाल्यो, कस्तो वर्णन गर्नै नसकिने काउकुती लाग्यो । काउकुतीसँगै मातृवात्सल्य जागृत भयो । बच्चाको दूध चुसाइमा आफ्नोपन, कोमल र हृदयस्पर्शी ममतामय आनन्द लाग्यो । बच्चाले दूध चुस्दै गर्दा म संसार बिर्सें । मलाई यस्तो लाग्यो, यो संसारमा म र मेरो बच्चा बाहेक कोही छैनन् । मेरो मनभित्र रहेका मातृवात्सल्य बच्चाका लागि यसरी मभित्र उर्लियो, मानौँ मेरो वरपर कोही थिएनन्, म र मेरो बच्चा मात्र थियौँ । मैले लोग्नेलाई पनि त्यति मुटुको गहिराइमा बसाएकी थिइनँ, जति गहिराइमा बच्चालाई बसाएकी थिएँ । बच्चाको अगाडि लोग्नेलाई पनि बिर्सें । मातृत्वमा लोग्नेलाई बिर्साइदिने शक्ति रहेछ । बच्चा आँखाको अगाडि भएन भने के के नपुगे जस्तो, के के नभएजस्तो लाग्थ्यो ।

यसको अर्थ मैले लोग्नेलाई पूर्णरुपमा बिर्सेकी होइन । बच्चा र आमाको स्नेहमा संसारलाई बिर्साइदिने तरंग हुनेरहेछ, जुन तरंगलाई सबै आमाले अनुभव गरेकी हुन्छिन् । पहिला दूध खुवाउनै लाज लाग्थ्यो । जब दूध भरिएर छाती टनटन दुख्थ्यो, तब दूध खुवाउन थाल्थेँ । बच्चाले दूध चुसेपछि दुखाइ कम हुन्थ्यो । बच्चाप्रति स्नेह यति धेरै बढिसकेको थियो, मैले दुखियालाई एकपटक पनि सम्झेकी थिइनँ ।

छठियारमा (६ दिनपछि प्रसूतिलाई चोख्याउने र बच्चाको नामकरण गर्ने दिन) परिवारबाट टोलभरिका मान्छेलाई बोलाइएको थियो । दुखिया र उसकी स्वास्नी पनि आएका थिए । दुखियाले मलाई, ‘बधाई छौ भौजी’ र उसकी स्वास्नीले, ‘बधाई छ दैया’ भने । उनीहरूसँग मलाई बोल्न मन लागेको थिएन, तर उनीहरू मेरो घर आएकाले मैले घमण्ड गर्नु उचित ठानिनँ । ‘धन्यवाद’ मात्र भनेँ ।

पहिलाभन्दा म त्यस्ता कुरा खुलेर बोल्न सक्थेँ, जुन कुरा पहिला खुलेर बोल्न सक्दिनथेँ । मलाई कसैको लाज लाग्दैनथ्यो । लाग्ने पनि किन ? बोल्न नि केको लाज ? बोल्नु मेरो अधिकारको कुरा थियो । बोल्थेँ भन्दैमा जे पाए त्यही बोल्दिनथेँ । मन खोलेर बोल्थेँ । यौनका कुरा बोल्न म खुलिसकेकी थिएँ । के म पूर्णरुपमा स्वास्नीमान्छे बनेकी त थिइनँ ? धत् ! म आफ्नै बारेमा के के सोचेर बसेकी छु, छया ! म कति गतिछाडा स्वास्नी मान्छे ? बच्चा जन्मेको दुई हप्ता मात्र भएको थियो । बच्चासँग व्यस्त भए पनि यौन चाहना भने मनमा दुई हप्तापछि आउन थाल्यो । म लोग्नेलाई सम्झन थालेँ । उनलाई पनि मबिना कहाँ राम्रो लागेको थियो र ?

हामी दुवैजना बच्चाको अनुहार हेरेर चित बुझाउँथ्यौँ । कति मन मारेर बस्नू ? मलाई उनीसँग भेट्ने हतार भइसकेको थियो । राति सासू मसँग सुत्थिन् । मेरो लोग्ने त्यही कोठामा अर्को खाटमा सुत्थे । दुखियासँग बिताएका र लोग्नेसँग बिताएका क्षण सम्झेर मेरो जिउको ऊर्जा दुगुणा हुन्थ्यो । छि ! म कस्ती द्वैधचरित्र भएकी स्वास्नी मान्छे ? कस्तो खलनायिका ? दुखियालाई पनि, आफ्नो लाग्नेलाई पनि उत्तिकै सम्झने ! उनीहरूलाई सम्झँदाबित्तिकै दुई हप्तापछि जिउका नशाहरू अनियन्त्रित रूपमा चलमलाउन थाले । यसरी चलमलान थाले, मानौँ मेरो नियन्त्रण शक्तिले सीमा नाघिसकेको थियो । ननाघ्नु पनि कसरी ? म भर्खर २९ वर्षकी कलकलाउँदो यौवनमा थिएँ ।

म आमा बनिसकेकी थिएँ, तर मेरा चाहना आमा बनेको थिएन । मेरा चाहना जस्ताका त्यस्तै थिए । मेरा इच्छा जिउँदै थिए । कमजोर थियो त मेरो शरीर । मेरो जिउ कमजोर भएर पनि मेरो मन कमजोर भएको थिएन । मेरो मन भर्खर सोह्रमा टेकेको उखरमाउली ठिटीजस्तो उडिरहेको थियो । तल टाँका लगाएर राम्ररी उठबस गर्न सकेकी थिइनँ । दिसा–पिसाब गर्ने बेला घाउ दुख्थ्यो । घाउ दुखे पनि मनको सगर सफा थियो । चाहनाहरु पंख लगाएर उड्न आतुर थिए । कुमारी ठिटी पहिलोपटक जसरी ठिटोको सामीप्यता पाउन छटपटाउँछे, त्यसरी नै मेरो मन र तन दुवै उनको सामीप्यता पाउन छटपटाइरहेको थियो । खुलेर बोल्न पाइन्छ नि है ? अझ भनौँ न, म पुरुषको अनुभूति गरिसकेकी स्वास्नीमान्छे । स्वास्नीमान्छे भएर पनि म आफूलाई पहिलाको जस्तै उडन्ते ठिटी ठानिरहेकी थिएँ । ढाड र कम्मर दुखिरहेको थियो, तर मन चञ्चल थियो ।

मन मानिरहेको थिएन । आँखा बन्द गरेर दुखियालाई सम्झेँ, मनमनै के के सम्झेर हाँस पो उठ्यो । मोरो दुखिया कस्तो लुरे थियो । केही गर्नै नआउने । मेरो जवानी देखेर मोरोमा जवानी चढेको थियो । मेरो प्रेमी बनेर जीवनभरि मोरो अविवाहित बस्छ ठानेकी थिएँ तर मोरोले बिहे ग¥यो । उसको यस्तो जालसाजी सम्झेर मलाई ऊदेखि घीन लाग्यो । थु–थु गर्दै पिच्च थुकेँ मैले । दुईजना स्वास्नी मान्छेसँग सुत्ने पापी मोरो । हुन त म पनि के कम थिएँ ? म पनि त दुईजना पुरुषसँग सुतेकी थिएँ । छ्या ! आफ्नै चरित्र हेर्दा पनि कस्तो बहुरूपी । तर, मलाई कसैको डर छैन, पश्चाताप पनि छैन । हो, म दुखियासँग एक वर्ष अगाडि सुतेकी थिएँ । उसलाई कुनै वेला प्रेम गर्थें, यति कुरा बोल्न पनि केको भय ? तर यो कुरा आजसम्म मेरो लोग्नेलाई थाहा थिएन । थाहा भए पनि मलाई डर छैन । मलाई घरबाट निकाले पनि म अर्को बिहे गरेर देखाइदिन्थेँ उनलाई । धत् ! मैले के के सोचेकी ? आफ्नै टाउकामा हातले थपथपाएर मैले बाबुतिर हेरेँ । ऊ मस्त निदाइरहेको थियो ।

बिहान सासू बारीतिर साग टिप्न गइसकेकी थिइन् । उनी अर्को खाटबाट उठेर मेरो छेउमा आएर बसे । म मनमनै दुखियालाई सम्झिरहेकी थिएँ तर उनले पत्ता लगाउन सकेनन् । उनले मेरो मनको कुरा बुझन नसक्नुमा मेरो केको दोष ? उनी मेरो छेउमा बसेको देखेर ‘म तिमीलाई नै सम्झिरहेकी थिएँ’ भनेर नाटक गर्दै उनको हात सुमसुम्याएँ । मैले उनलाई छोएर उनको जिउमा यसरी ऊर्जा थपिए, उनी मेरो जिउमा टाँसिएर बसे । उनको जिउ कस्तो तातो । उनी मेरो छेउमा बसेको देखेर कति चाँडो मेरो मन परिवर्तन भयो । दुखियाको सम्झना दिमागबाटै हट्यो ।

उनीतिर आकर्षित भएँ । उनले मेरो हात स्पर्श गर्न थाले । उनको स्पर्शले मेरा नसाहरू चलमलाउन थाले । ढुकढुकी बढेर भयो । चाँडोचाँडो सास लिन थालेँ । मेरो आवेगको कुनै सीमा थिएन । उनको हातमा हात राखेँ । उनको हातमा हात राखेको देखेर उनी मेरो हात सुमसुम्याउन थाले । मलाई लागिरहेको थियो, म मात्र बिथोलिरहेकी छु, तर उनी पनि भित्रभित्रै एकतमासले ऊर्जावान भइरहेका थिए । उनको स्पर्शलाई म राम्ररी बुझ्न सक्छु । उनको स्पर्शमा दुई हप्ता अगाडिको अनौठो तिर्खा थियो, जसलाई नियन्त्रण गर्न उनी पनि बाध्य थिए । उनी बिस्तारै मेरो हात सुमसुम्याउँदै मेरो ओठमा ओठ राखे ।

उनले केही भन्नुभन्दा अगाडि मानौँ म आतिएकी थिएँ । उनलाई अँगालोमा हतपत बेरेँ । उनको ओठ कति नरम । उनको स्पर्श उफ ! कस्तो धारिलो । उनले ओठमा ओठ राख्दा हाम्रो तातो सास यसरी एक भयो कि त्योवेला मैले बच्चालाई पनि बिसेँं । उनको स्पर्श र उनको मायामा डुबेँ । हाम्रो मुटुको गति एउटै गतिले ढुकढुक भइरहेको थियो, मानौँ उनी पहिलोपटक मलाई चुम्बन गरिरहेका थिए । उनलाई छोड्न मन लागेन । बच्चा जन्मिने वेला सिलाएको घाउ पनि बिर्सें । थुक्क म कस्ती स्वास्नीमान्छे ? केको कस्ती नि ! राम्री छु । म मलाई राम्री लाग्छु । आफूलाई नियन्त्रण गर्न नसक्ने मभित्र संवेग नै त्यस्तै आयो, अनि म के गर्नु ?

उनले मेरा गाला, ओठ, नाक, परेला, छाती यसरी चलाए कि मैले सबैथोक बिर्सें । उनी पनि म जस्तै भएका थिए, मलाई नपाएर र म पनि उनी जस्तै भएकी थिएँ उनलाई नपाएर । दुवैजना त्यस्तै भएपछि हामीलाई कसैको अनुमति चाहिँदैनथ्यो । जब उनले मेरो ब्लाउज खोलेर मेरा स्तन चलाए । दूधको सिर्का उनको अनुहारभरि पर्यो । उनी आँखा चिम्ले मैले सारीको आँचलले उनको अनुहार पुछेँ । छ्या ! कस्तो । यो वेला छाती पनि चलाउन नमिल्ने ? छातीबाट दूधको सिर्का आफैँ फाल्ने । धत् यस्तो नि हुन्छ । लाजै मर्नु ! मलाई त अरुलाई सुनाउन पनि लाज लाग्छ । दूधको सिर्का फाल्छ भनेर आजसम्म कसैले भनेका थिएनन् ।

आफूलाई मन नलागे नि हुने नि । यो वेला पनि किन मन लागेको होला ? उनको अनुहार पुछेर मैले आफ्नो छाती आँचलले छोपेँ । हाम्रो जिउ यसरी तातिएको थियो, मानौँ हाम्रो जिउमा ज्वरो आएको थियो । तलको घाउ दुखिरहेको थियो, तर मैले सबै दुखाइ बिसेँं । मैले आफूलाई रोक्न सकिनँ । बच्चा छेउमा सुतिरहँदा हामी संसार बिर्सियौँ । पछि जेसुकै होस्, हामीले वास्ता गरेनौँ ।

उनी मेरो जिउबाट छेउमा पल्टे । हामी एक–अर्काको सामीप्यता पाएर दुई हप्तादेखि कुण्ठित बनेर बसेको चाहना पूरा गर्यौँ । हामी दुवैजनाको जिउ सेलाउँदै गयो । एकअर्काको अनुहारतिर हेरेर हामी मुसुमुसु हाँस्यौँ । मलाई तल दुखिरहेको अनुभव भयो । उनीतिर पिठ्युँ फर्काएर बसेँ । दुखिरहेको ठाउँतिर हेरेँ ।

‘बर्बाद भेलै । खुन निकलै छै ।’ मैले उनलाई भनेँ । उनले मलाई ओछ्यानमा पल्टाएर रगत पुछेर हेरे । बाबु जन्मेको बेला काटिएको ठाउँमा लगाएको टाँका खुस्केर रगत बगिरहेको थियो । उनी पनि आत्तिए । उनी मतिर हेर्दै भने, नगर्नुपर्ने थियो । उनीतिर हेरेर मैले भनेँ, ‘अस्पताल चल ।’

zkhabar

प्रतिकृया दिनुहोस्