Sunday, October 25

झा’डीमा फा’लेको बच्चालाई बालबालिकाले देखेपछि भयो यसरी उद्दार (भिडियो हेर्नुस्)

July 29, 2020 226

काठमाडौं । तस्बिमा निकै सुन्दर देखिन्छन् । त्यो सुन्दर बच्चालाई कसैले कार्टुनमा राखेर झा’डीमा फा’लेको अवस्थामा बालबालिकाले देखेपछि आफ्नो अभिभावकलाई बोलाएका थिए । काठमाडौंको कपन स्थित झा’डीमा बालबालिकाले बच्चालाई कार्टुनमा फेला परेका थिए ।

सोमवार साझ ६ वजेतिर बालबालिकाहरु खेल्न त्यता जाँदा बच्चालाई कार्टुनमा देखेका थिए । झाडीमा रो’इरहेको बेलामा बच्चा देखेको उनीहरुले बताएका छन् । त्यहाँका स्थानियहरु पानी लिन जाने ठाउँ हो । निकै धेरै मानिसको चहल पहल हुने स्थानमा कसले बच्चा त्यसरी अलपत्र छोडेर हिड्यो भन्ने पनि खुलेको छैन ।

क्वालिटी बिस्कुटको कार्टुनमा सानो बालिकालाई राखिएको थियो । उनी कति दिन अघि जन्मिएकी हुन् भन्ने पनि खुल्न सकेको छैन । बालबालिकाले तत्काल देखेका कारण अहिले उनी सुरक्षित छन् । स्थानिय एक महिलाको संरक्षणमा ति बालिका छन् ।

पानी परिरहेको बेलामा बच्चा रो’एको सुनेपछि बालबालिकाले आफ्नो अभिभावकलाई बोलाएका थिए । एक बालिका भन्छिन्, मलाई निकै माया लाग्यो मेरो ममीलाई हामीले पालौं न ममी भने, ममीले तिमीहरुलाई त पाल्न कति गाह्रो छ फेरी यो बच्चालाई कसरी पाल्ने भन्नुभयो ।

स्थानियले बच्चा देखेपछि प्रहरीलाई खबर गरिएको बताएका छन् । बच्चा छोडेको ठाउँ नजिक उपमेयरको घर छ । मानिसको निकै चहल पहल हुने भएकाले दिउसो भने ति बालिकालाई नछोडेको हुनुपर्ने स्थानियको भनाई छ । एक जना स्थानिय भन्छन्, हामी दिनभरी यही बस्छौं, पानी लिन हिड्ने ठाउँ यहि हो । यो वाटो भएर धेरै मानिस हिड्छन् ।

यो बालिकालाई साँझ नै ल्याएर छोडेको हुनसक्छ । उनीहरुले दिउसो आफुहरु यहाँ आउँदा दिउसो भने यहाँ बच्चा नभएको बताएका छन् । स्थानियको पहलमा सो बच्चाको आमाको खोजी भइरहेको स्थानियले बताएका छन् ।

प्रतिकृया दिनुहोस्