आइतबार ३१ आश्विन २०७८

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणको दोस्रो लहरले भयावह रुप लिइ रहेको बेला जिल्लाका केही स्थानमा भने यौ /न ज/ न्य ब्यवसाय फस्टाएको बताउदै आएका छन् । कोरोना कहरको दोस्रो लहरले थला परेको बाँकेमा सम्पुर्ण शक्ति कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका क्रियाकलापमा खटिएको मौकामा नेपालगन्जका विभिन्न स्थानमा त्यस्ता ब्यवसाय मौलाउदै गएको तथ्य खुलेको हो ।

नेपालगन्जको न्युरोड आसपासका हो टेलहरु संग कन्ट्याक्ट्मा रुम लिने र सडक छेउमा ग्रा ह क संग बार्गेनिङ गर्दै त्यस्या गतिबिधी गर्दै आएका केही दृश्यहरु साँझ पख देख्न सकिन्छ ।

बाँकेमा यतिबेला लकडाउन छ , तर पनि साँझ ७ बजे पछाडि न्युरोडका सडक पेटिमा ग्राहक खोज्दै र बार्गेनिङ गर्ने समुहका युवतिहरु सक्रिय रहने गरेको छ ।

एकजना नेपालगन्ज वडा नम्बर चारका स्थानियले नाम उल्लेख नगर्ने सर्तमा आफु र एकजना साथी यौ न/ज न्य क्रियाकलापमा संलग्न यु व तीहरुको बा र्गेनिङको सि का र बनेको उनी बताउछन् ।

“गएको सोमबार न्युरोड बसपार्क जानेबाटो नजिक दुई जना युवतीको अ स्व भाविक गतिविधिलाई नियाल्दै गर्दा उनिहरु पछि लागेको र सुरुमा होटेल चार्ज सहित १२ सय भनेका उनिहरुले पछि आफै एक हजारमा जाउ सम्म भन्न भ्याए , उनले बताए ।

खुल्ला सर्टमा कम्मरमा सल जस्तो बाधेका उनिहरुले कुराकानीकै क्रममा आफ्ना केहि अं *ग समेत देखाउन थाले पछि आफुहरु त्यहाँ बाट निस्किएको बताएका उनले साँझ पख न्युरोड र बसपार्क रोडमा यु व तिहरु ग्रा ह क खोज्दै निस्किने बताउछन् ।

लकडाउनको समयमा पनि उनिहरुको ब्यवसाय रोकिएको छैन । बाँकेमा उति कडा लकडाउन समेत भएको छैन , गल्ली तथा सडकमै साँझ र बिहान पख खुल्ला नै हुने गर्छ । त्यसैको फाइदा उठाएर त्यस्ता ब र्जि त क्रियाकलाप चलाइरहेका छन् ।

उसो त बाँकेको नेपालगन्जमा मात्रै त्यस्ता क्रियाकलाप मौलाएको भने होईन , बाँकेकै राझाँ र कोहलपुर समेत त्यस्ता गतिविधिको लागी चर्चित छ । केही समय अगाडी मात्रै वडा प्रहरी कार्यालय नेपालगन्जले केही होटल संचालक सहित यौ* न गतिबिधिमा संलग्नलाई राझाँबाट प क्रा उ समेत गरेको थियो । लकडाउनको समयमा पनि राझा चोक आसपासका साना होटेलहरुमा त्यस्ता क्रियाकलाप हुँदै आइरहेको स्थानीयले दाबी गर्छन् ।

उता कोहलपुर भने त्यस्ता क्रियाकलापको लागि अझ सुरक्षित रुपमा हेर्ने गरेको धेरैको जिकिर छ । कोहलपुर नजिक रहेका होमस्टे तथा त्यस्तै प्रकृतिका होटेलहरुमा निर्वाध रुपमा त्यस्ता क्रियाकलाप हुने धेरैले बताउदै आएका छन् ।

आन्तरिक पर्यटकको रुपमा जाने र त्यस्ता क्रियाकलाप गर्ने गरेको तथ्य यस अगाडी नै खुलिसकेको छ । बाँकेका होमस्टेमा प्रेमिप्रेमिका तथा परिवार बनेर जाने भए पनि उनिहरु बाहिरबाट नै त्यस्ता क्रियाकलापको मूल्य निर्धारण गरेर जाने गर्ने हुँदा को परिवार र को त्यस्तो गलत ब्यवसाय गर्ने ब्यक्ती हुन् थाहा नहुने होमस्टे संचालकहरु बताउछन् ।

उसो त समय र सुचना तथा प्रविधिको बिकास संगै त्यस्ता ब्यवसाय र त्यसको बार्गेनिङ अनि सेटिङमा समेत ठूलो परिवर्तन आएको छ । बिभिन्न सामाजिक संजाल, फोन सम्पर्क तथा विभिन्न च्याट प्लेटफर्म मार्फत मोलमोलाइ हुने र स्थान समेत निर्धारण गर्ने गर्दै आएको कारण प्रहरी तथा प्रशासन उनिहरुको क्रियाकलाप सम्म पुग्न सकेका छैनन् भने कतिपय अवस्थामा प्रहरीलै संलग्न वा प्रहरीको संरक्षण रहने समेत प्रहरीलाई आरोप लाग्दै आएको छ ।

केही बर्ष यता बाँकेमा होटेलमा कोठा लिएर त्यस्ता क्रियाकलाप गर्ने भन्दा पनि कोठा भाडामा लिने अनि गोप्य रुपमा स्तरिय रुपमा ब्यवसाय संचालन गर्ने समुह बढ्दै गएको छ ।

नेपालगन्जमा कोठा भाडामा लिने र सामाजिक संजाल तथा फोन मार्फत पैसाको डिल पछि आफ्नै कोठामा बोलाएर त्यस्ता क्रियाकलाप गर्ने गरेको तथ्य खुलेको छ । तर कोठा सम्म ल्याउने ग्राहकहरु भने बिश्वासिलो ग्राहक हुने बताउछन् । यहि किसिमको ग्राहकहरुलाई लकडाउनको समेत कुनै प्रवाह छैन ।

piblic news nepal

३०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया