Tuesday, December 1

कसरी राखियो त नाम हेर्नुहोस भाग्यमानी हात्ती राम लक्ष्मण

September 24, 2020 78

९ साउन, चितवन । हात्तीले जुम्ल्याहा सन्तान जन्माउनुलाई विश्वमा निकै दुर्लभ घटना मान्ने गरिएको छ । गर्भाधान भएको १८ महिनामा बच्चा जन्माउने हात्तीले प्रायःजसो एक छावा मात्रै जन्माउछ ।तर, झण्डै १२ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा पालिएको देवीकलीले एकै बेतमा पाएकी थिई राम लक्ष्मणलाई ।चितवनमा २०४२ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा जुम्ल्याहा हात्ती जन्मेको यो पहिलो घटना थियो । अहिले यिनै राम लक्ष्मणको तस्वीर नेपालमा प्रचलन हुने एक हजारको नोटमा राखिएको छ । अहिलेको तस्वीर उनीहरु पाँच बर्षको उमेर हुँदाको हो ।

यो पनी
आउँदाे मङ्सिरदेखि नेपालमै अलै‌ंचीकाे प्रशोधन गरिने

काठमाण्डाै – नेपालमा उत्पादित अलै‌ंचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नु परिरहेका बेला अब भने अलै‌ंचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ ।

अब नेपालमा उत्पादित केही हिस्सा अलै‌ंचीलाई आउँदो मङ्सिरदेखि नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा तीन करोड रुपैयाँ लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलै‌ंचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ ।

उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार ठूलो अलै‌ंची, मझौला अलै‌ंची, सानो अलै‌ंची र सामान्य अलै‌ंचीका रूपमा उद्योगले खरीद गर्नेछ । यस्तै, अलै‌ंची प्रशोधन गर्ने विभिन्न प्रावधान छन् । गुणस्तरीय अलै‌ंचीलाई १००/१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने छ । अर्को प्रशोधनमार्फत ‘ड्रस’ बनाउने उद्योगको योजना छ । यस्तै अलै‌ंचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउनका लागि अलै‌ंचीको सानो गेडालाई प्रशोधन गरेर वितरण गर्ने प्रावधान छ ।

‘हामीले मुखमा गन्ध चाल नपाउनका लागि ‘सिल्भर कोटेड’मा अलै‌ंचीको सानो दाना मिसाएर बनाउछौँ’, सञ्चालक भट्टराईले भन्नुभयो, ‘यो प्रविधि सबैभन्दा लाभदायक हुन सक्छ । स्वदेशमा बढी निर्यात हुने सम्भावना छ ।’ अहिलेसम्म अलै‌ंचीलाई प्याकेजिङ नै नगरी बोरामा हालेर विदेश निर्यात गरिन्थ्यो । यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलै‌ंचीको भाउमा समेत तलमाथि हुने समस्या आउने गर्छ । नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको विश्वास छ ।

उद्योगमा प्रशोधन भएका वस्तु बाहिरी देशकै मापदण्डमा रहेकाले निर्यात गर्न आह्वान पनि गरिएको छ । मुख्यगरी अलै‌ंचीजन्य पदार्थको बजार नेपालमै केन्द्रीत गरिने छ भने बाँकी बजार भारत, पाकिस्तान, युएई, युरोपेली देश र अमेरिका हो ।

zkhabar

प्रतिकृया दिनुहोस्