Tuesday, December 1

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४ सय ९७ जनामा को’रोना पुष्टि !

September 24, 2020 109

काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४ सय ९७ जनामा को’रोना भाइ’रसको सं’क्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोग शालामा गरिएको परीक्षणका क्रममा १ हजार ४ सय ९७ जनामा को’रोना भाइरस को सं’क्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा को’रोना सं’क्रमित हुनेको संख्या ६९ हजार ३ सय ०१ जना पुगेको छ। पछिल्लो २४ घण्टामा ४ सय ५७ जना सं’क्रमण मुक्त भएका छन्। यो सँगै ५० हजार ४ सय ११ जना निको भएका छन । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण भएको छ ।

हाल देशभर १८ हजार ४ सय ३७ जना सक्रिय सं’क्रमित रहेका छन । आज बिहिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । सं’क्रमित संख्या शुन्य हुने जिल्लाहरुमा सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा, मुगु, रसुवा रहेका छन् ।

प्रतिकृया दिनुहोस्