आइतबार ३१ आश्विन २०७८

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) कार्यकर्ताले पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको पुत्ला जलाएका छन् । सोमवार मधेसमा बाबुरामको पुत्ला जलेको हो ।

पूर्वप्रधानमन्त्री भट्टराई आफ्नो हैसियतमा तल झरेर पछिल्लो समय पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोमाथि निरन्तर प्रहार गरिरहेका छन् ।

मधेस मुद्दा सम्बोधन गरिरहेका महन्थ र राजेन्द्रलाई तथानाम गाली गरेर, आफ्नो मर्यादाभन्दा तल गिरेर सामाजिक सञ्जालमा उछितो काँडिरहेका बेला मधेसमा नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।

पुत्ला जलाएका एक कार्यकर्ताले बाबुराम मधेस विरोधी भएको आरोप लगाए । नेताहरुमाथि गरेको टिप्पणी र अभिव्यक्तिले सिंगो मधेस कार्यकर्तालाई आघात पुगेको उनले बताए । ‘बाबुराम भट्टराई आज होइन सुरुदेखि नै मधेस विरोधी हो । एकीकृत जसपालाई फुटाउन षडयन्त्र गरिरहेको छ । किनभने उनी मधेस विरोधी हुन् ।

संविधान जारी भएकै दिनदेखि बाबुरामको गिद्धे नजर मधेसप्रति छ। हाम्रो पार्टीमा आउनु सिर्फ बहानामात्रै हो । उनी मधेस विरोधी हुन्,’ उनले भने ।

 

७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया