Friday, October 23

विवाह गर्दा गर्दौ वेहुलीको निधन !

July 29, 2020 85

काठमाडौं । विवाह गर्दा गर्दौ विनिता नाम गरेकी वेहुलीको निधन भएको छ । यो भारतको समाचार हो । भारतको उत्तर प्रदेशमा भइरहेको एक बिहेमा बेहुलीको अचानक निधन भएको छ । यो घटना कन्नौज जिल्लामा भएको घटना भारतीय सञ्चार माध्यमले उल्ल्ेख गरेका छन् । उक्त जिल्लामा बिहे गर्दागर्दै बेहुलीको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । विवाह गर्दा गर्दै वेहुलीको निधन भएपछि परिवारमा रु’वावासी भएको छ भने वेहुला रित्तै फर्किएका छन् ।

बेहुला सञ्जय शुक्रवार राति आफ्नो परिवारका साथ विनितालाई लिन पुगेका थिए । बिहेका बेला १९ वर्षीय विनिताले असहज महसूस गरिन् र बे’होस भइन् । उनका परिवारले विनितालाई लिएर अस्पताल पुगे । तर, अस्पतालले भने कोरोना नेगेटिभ भएको प्रमाणपत्र ल्याउन भन्दै भर्ना गर्न मानेन । विनिताका पिता कानपुर पुगे । तर, त्यतिबेलासम्म हालत बिग्रिसकेको थियो । समयमा उपचार नपाएर उनको ज्यान गयो । कन्नौज प्रहरीले मृ’तकको शव पोस्टमार्टमका लागि पठाएका छन् भने घटनाबारे अनुसन्धान भइरहेको छ ।

कोरोना फैलन नदिन भारतमा पनि सामाजिक र सार्वजनिक कार्यक्रमका लागि सुरक्षा सचेतना अपनाउन आग्रह गरिएको छ । अस्पतालमा पनि लगिएका विरामीको कोरोना परिक्षण पछि मात्र अन्य रोगको उपचार हुने गरेको छ । त्यसैले अस्पताल लैजाना साथ विनिताले उपचार पाइनन् । अस्पतालले कोरोनाको रिपोर्ट नआउँदा सम्म थप उपचार नगरेपछि उनको निधन भएको हो ।

प्रतिकृया दिनुहोस्