आइतबार ३१ आश्विन २०७८

कोरोना संक्रमण नियन्त्रणका लागी जारी निषेधाज्ञा थप कडाईका साथ एक साता लम्ब्याएको छ ।

काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो । किराना र डिपार्टमेन्ट स्टोर समेत खोल्न नपाइने गरी जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । तोकिएका मापदण्ड अपनाएर हरियो साग सब्जी पसल, फलफूल, दूध, मासु र ग्याँसको पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ ।

सवारी साधन संचालनमा पनि थप कडाई गरिएको छ । मापदण्ड विपरित सवारी चलाए दुईपांग्रेलाई दुई हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ सम्म जरिवाना लाग्ने छ । मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइनेछ । विवाहका लागि एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्रा अनुमति दिइने छ ।

यदि कसैले नियम उल्लङ्घन गरे जरिवाना र कैद सम्मको व्यवस्था रहेको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा जेठ १३ गते सकिदैछ । जेठ १४ गतेबाट थप कडाईका साथ निषेधाज्ञा जेठ २० गते सम्म लम्बिने छ ।

पछिल्लो २४ घण्टामा थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ जनाको मृत्यु

काठमाडौं,११ जेठ । नेपालमा पछिल्लो घण्टामा देशभर ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३०६ जनाको पीसीआर र ६३० जनाको एन्तिजेन परीक्षण गर्दा ८६३६ कोरोना पुष्टि भएको हो ।

यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार८४८ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ६४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ रहेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया