शुक्रबार १४ माघ २०७८

काठमाडौं – ज्योतिष तथा अभिनेता हरिहर अधिकारीलाई पितृ शोक परेको छ । उनका बुबा रामबहादुर अधिकारीको सोमबार कोरोना संक्रमणबाट निधन भएको छ ।

२ हप्ता देखि कोरोनासँग लडिरहेका हरिहरका बुबा रामबहादुरको कलंकी स्थित नेश्नल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । केही हप्ता देखि उनको परिवार नै कोरोना संक्रमित भएका थिए ।

रामबहादुर बाहेक अन्यले घरमै उपचार गरिरहेका थिए । फिल्म शुभलभ बाट चर्चामा आएका हरिहर एक ज्योतिष पनि हुन् । उनका बुबा पनि ज्योतिष विधामा सक्रिय रहेका थिए ।

यो पनि :

छुट्टीमा घर जान जहाज कुर्दाकुर्दै कतार मै अस्ताए निर प्रसाद छुट्टीमा घर जान जहाज कुर्दाकुर्दै कतार मै अस्ताए निर प्रसाद

तिलु शर्मा पौडेल वैदशिक रोजगारीका लागि कतार आएका म्याग्दीका निर प्रसाद कामीको हृदयाघातका कारण निधन भएको छ । विदामा घर गई परिवार र बालबच्चासँग बसेर रोजगारीमा पुनः कतार फर्कने योजना बनाएका ४३ वर्षीय कामीको गत बिहीबार राति निधन भएको हो । विगत ८ वर्षदेखि कतारमा कार्यरत उनी सुतिरहेकै अवस्थामा मृत भेटिएका थिए । उनी विदा भएर घर फर्किने जहाजको प्रतिक्षामा थिए ।

कतारको सरकारी अस्पतालको पोस्टमार्टम रिपोर्ट अनुसार उनको मृत्यु हृदयाघातका कारण भएको हो । उनको मृत्युको बारेमा कम्पनीका अधिकारीले नेपाली दूतावासमा जानकारी गराएका छन् । दूतावास पुगी मृतकले पाउनुपर्ने सबै सेवा सुविधा बापतको रकम कम्पनीले बुझाएपछि शव नेपाल पठाउने अनुमति पत्र नियोगले जारी गरेको र थप प्रक्रिया पूरा गरी यथाशक्य शव पठाइने नेपाली नियोगका द्वितीय सचिव भुवन भट्टले मध्यान्हलाई जानकारी दिएका छन् ।

कोरोनाका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि शव पठाउने दिनसमेत यकिन भएको छैन । स्व. कामीको मृत्युबारे थप जानकारी लिन तथा सहायताका लागि मोना कतारका अध्यक्ष नरेन्द्र फगामी पनि दूतावास पुगेर शव सकेसम्म छिटो घरसम्म पुर्‍याइदिन अनुरोध गरेका छन् । फगामीले परिवारको अवस्था हेरेर आवश्यक सहयोग गरिने बताएका छन् । स्व. कामीको श्रीमतीसहित २ छोरा रहेका छन्

५७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया