बिहिबार ११ कार्तिक २०७८

रामकृष्ण ढकालले अगुवाईमा विभिन्न व्यक्तिबाट संकलन गरिएको करिब १८ लाख रुपैयाँ महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको छद्ब ।

सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका गायक ढकाल कोरोनाभाइरस संक्रमण महामारीले उतै रोकिनु परेको जानकारी गराउँदै उनले अमेरिकामै संकलन गरेको पहिलो चरणको १५ हजार २८८ अमेरिकी डलर (करिब १८ लाख नेपाली रुपैयाँ) महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायर मार्फत जम्मा गरिदिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन् ।

कोरोनाभाइरस संक्रमणबाट आफ्नो देश नेपाल र आमनागरिक पीडित भएका बेला कसरी सहयोग गर्न सकिन्न भन्ने उद्देश्यका साथ अमेरिका रहेका नेपालीमा सहयोगका लागि आह्वान गर्दा संकलन भएको रकम आविष्कार केन्द्रलाई प्रदान गरेको जानकारी दिएका हुन् । उनले पनि व्यक्तिगत रुपमा ५ सय अमेरिकी डलर सहयोग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रकम दिनेहरुको नाम र प्राप्त रकमको विवरण खुलाएर सार्वजनिक गरेका छन् । जसमा ७६ जनाको नाम र उनीहरुले गरेको सहयोगको रकम उपलव्ध छ । सबैभन्दा बढी ‌ओमकार र कमला आचार्यले २४ सय डलर सहयोग गरेका छन् त्यस्तै भुवन आचार्यले २ हजार र मनोज खड्‍काले १ हजार डलर सहयोग गरेका ५न् ।

साथै उनले अरुबाट पनि सहयोगको आश्वासन प्राप्त भएको जानकारी दिएका छन् ।

१५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया