Sunday, January 17

जंगलको च्याउ खाँदा जाजरकोटमा एकै घरका ३ सहित ४ जनाको निधन

July 29, 2020 161

जाजरकोट । जंगलवाट ल्याएको च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका ३ सहित ४ जनाको निधन भएको छ । सोमवार एक बालिकाको निधन भएको थियो भने मंगलवार उपचारका क्रममा एकै परिवारका तीन बालिकाको ज्यान गएको छ । ग’म्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका १ स्याँक्रीका एकै घरका थप तीनजना बालबालिकाको उपचारको क्रममा सुर्खेतमा निधन भएपछि निधन हुनेको संख्या ४ पुगेको हो । सोमबार गाउँमै एकजना बालिकाको निधन भएको थियो ।

गत साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना बिरामी परेका थिए । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा निधन भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताए ।

चलाउनेकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार गाउँमै निधन भएको थियो । विषालु च्याउ खाएर ग’म्भीर बिरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो । बिरामी परेका मध्य एकजनाको अवस्था अझै ग’म्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा। पौडेलले बताए । ढिलोगरी अस्पताल ल्याएको हुँदा च्याउको विषले धेरै असर गरिसकेको रहेछ जति कोसिस गर्दा पनि बचाउन सकिएन डा। पौडेलले भने ।

उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा अञ्जनाको निधन भएको हो । घरमुली ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललित चलाउने, ३० वर्षीय बुहारी कल्पना चलाउने, छोरी पशुपति चलाउनेको सुर्खेतमै उपचार भइरहेको छ । गाउँपालिकाले निजी खर्चमा हेलिकोप्टर चार्टर गरेर बिरामीको उद्धार गरेर सुर्खेत पुरयाएको हो। अन्नपुर्ण

प्रतिकृया दिनुहोस्