Wednesday, November 25

ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा एकै परिवारका ५ जनाको मृ त्यु : १० महीनासम्म दो षी प्र का उ परेनन्

September 24, 2020 303

उदयपुर, ७ असोज । सुनसरी कोशी गाउँपालिका ७ हरिपुर चोकमा गत मंसिर शनिबार राति १२ः२० बजेको समयमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा उदयपुर त्रियुगा नगरपालिका १० का एकै परिवारका ५ जना र चालकको घ ट ना स्थलमै मृ त्यु भएको थियो । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ आउँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट गईरहेको ना २ ख ९०८२ नम्बरको ट्रकले ठ क्कर दिँदा एम्बुलेन्सका चालक सहित ६ जनाको घ ट नास्थ ल मै मृ त्यु भएको थियो ।

मृ त्यु हुनेहरुमा त्रियुगा नगरपालिका १० बस्ने ८५ वर्षीय शिवमाया राई, छोरा ५० वर्षीय तुलबहादुर राई, भतिज ३२ वर्षीय दिनेश राई, ज्वाई ६१ वर्षीय उद्धव राई, नातिहरु ३१ वर्षीय दुर्गाधन र २८ वर्षीय टेकेन्द्र राईको घटना स्थलमै मृत्यु भएको थियो । यस्तै त्रियुगा नगरपालिका ८ का एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको थियो । दु र्घ ट नामा मृ त्यु भएका परिवारको अवस्था अहिले द य नी य छ । घ ट ना भएको १० महिनासम्म पनि क्ष ति पू र्ति नपाएको बिना राईले बताइन् । अटो रिक्सा चलाएर परिवार पाल्दै आएका दिनेशको मृ त्यु भएपछि छोरा छोरीको लालन पालन २९ वर्षीया श्रीमति विना राईको काधमा आई परेको छ । छोरा इमाहाङ १ वर्ष, ठूली छोरी पुजा ११ वर्ष, कान्छी छोरी एन्जल ४ वर्षकी छिन् ।

सम्पतिको नाममा घर भएको जग्गा मात्रै रहेको छ। श्रीमानको मृ त्युपछि विनालाई परिवार चलाउन एकदमै मु स्कि ल परिरहेकी छ । ‘छोरा छोरीलाई पढाउन लेखाउन समस्या छ, ट्रक व्यवसायीबाट पाउनु पर्ने क्ष ति पू र्ति पनि पाइएको छैन् । कसरी पे ट पाल्नु ।’ भावुक हुँदै विनाले भनिन्, ‘आज खायो भोली कहाँबाट लिएर खाउँ भन्दै दिन वित्ने गरेको छ, जग्गा जमिनको नाममा घरले ओगटेको बाहेक अरु केही छैनन् ।’ परिवार पाल्नका लागि श्रीमानले अटो किस्तामा लिएका थिए । श्रीमानको मृ त्युपछि भएको अटो पनि फाइनान्सले किस्ता नतिरेको भन्दै ता नेर लगेको उनले बताइन् । विनाले भनिन, ‘ट्रक व्यवसायीबाट क्ष ति पू र्ति दिलाउन जिल्ला प्रहरी कार्यालय सुनसरी पाँच पटक गएँ तर, प्रहरीले हाम्रो कुरा नै सुनिदिएन ।’
मृ त क उ द्द व राईको श्रीमती आशा राई त्यो बेलाको घटना संझदा पनि आफू पागल जस्तो हुने गरेको बताउछिन् । ‘गरीब भएपछि न्याय पाउन पनि गाह्राे हुँदो रहेछ,’ उनले भनिन’ ‘कसैको जीवनमा पनि यस्तो घटना नहोस।’ २४ वर्षीया लिला राई र टेकेन्द्रबीच विवाह भएको ६ महिना नवित्दै टेकेन्द्र दु र्घ ट नामा ज्या न गु मा ए । मृ त ककी श्रीमति लिलाले भनिन्, ‘छाेरी ग र्भमा हुँदै उहाँ वि ति हा ल्नुभयाे, अहिले छाेरी ३ महिनाकी भइन् । छोरा छोरीलाई भविष्यमा डाक्टर/नर्स बनाउने उहाँकाे सपना पनि तु हि ए र गयो ।’

‘बिराटनगरबाट आउँदै छु भनेर फोन गर्नुभएको थियो तर उहाँ कहिल्यै नफर्किने गरी छोडेर जानुभयो । सुख के हो ? खुसी के हो ? सबै हरायाे ।’ लीलाले आँखा भरी आँसू पार्दै भनिन ‘छोरी कति अभागी रहेछिन् आफ्नो बाबालाई बाबा भनेर बोलाउन पाइनन्। छोरीले बावाको माया पनि पाइन । मैले श्रीमानको साथ पाइनँ । श्रीमान श्रीमतिबीचकाे माया ६ महिना नपुग्दै दैवले टुटाइदियो । लिला मात्र होइन उनकै जेठानी दुर्गाधनकी श्रीमति २४ वर्षिय सृजना राई पनि बैवाहिक बन्धनमा बाँधिएको ४ वर्ष नपुग्दै वियोगान्तमा परिणत भयो । अहिले उनी ४ वर्षीय छोरीसँग बस्छन् । उनीहरुको पेशा कृषी छ । सासुरा हजुरबुवा अर्थमान राई हिडडुल गर्न सक्दैनन् भने काका सासु ससुरा आपाङ्ग छन् । आफ्ना श्रीमान, देवर, सासुरा, हजुरआमा सा सु दु र्घ ट नामा गुमाइन् । घरमा काम गर्ने पुरुष कोही छैन् ।

घरमुलीकै मृ त्यु भएपछि अहिले परिवार छिन्नभिन्न अवस्थामा पुगेका छन् । ‘कहाँ कसरी व्यवहार गर्ने भन्नेमा हामीलाई केही थाह छैन्’ सृजनाले भनिन् ।
यस्तै श्रीमति, एक छोरा, दुई नाति, ज्वाई र भतिज गु मा ए को पीडाले ८६ वर्षीय अर्थमान राई राति बरबराउने, निन्द्रामै रुने हास्ने, कहिलेकाही मध्य राति नै उठेर गाउँ तिर बेहोसीमा जाने गरेका छन् । ‘मेरो सबै परिवार बिते, यो उमेरमा आफ्ना सबैलाई गु मा ए पछिको पीडा कस्तो होला ?’ अर्थमानले बोल्न सकीनसकी भ ने।

राई परिवारका आफन्त नवीन राई दोषीलाई कारबाही गराउन र क्षतिपूर्ति दिलाउन सुनसरी जिल्ला प्रहरी कहाँ दश पटकभन्दा बढी गए तर प्रहरीले चासो नदेखाएको उनको गु ना सो छ । अदालतबाट एम्बुलेंस मालिक र ट्रक मालिकलाई प्रकाउ गर्न प्र का उ पु र्जी जारी भएपनि प्रहरीले घटना घटेको १० महीनासम्म प क्रा उ गर्न सकेको छैन । पी डि तले क्षे ति पू र्ति पनि पाएका छन। यस्तो ग म्भी र विषयमा प्रहरीले चासो नदिँदा पी डि तहरु झन पी डामा परेका छन् ।

zkhabar

प्रतिकृया दिनुहोस्