सोमबार ०८ कार्तिक २०७८

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको नीति निर्माणदेखि तालिमको शैक्षिक गुणस्तर उकास्न उल्लेख्य सहयोग गरेका डीएसपी खरेलको सोमबार अपराह्न निधन भएको जानकारी दिइएको छ ।

प्रहरीभित्र ‘एकेडेमिक किरो’ उपमा पाएका खरेल प्राय प्रहरीभित्र हुने लेखापढी, नीति निर्माण र तालिम शैक्षिक विषयका काममा पोख्त अधिकारीका रुपमा परिचित थिए । काभ्रेपलाञ्चोकका खरेलका श्रीमती, एक छोरी र एक छोरा छन् ।

१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया