Thursday, November 26

पछिल्लो समय निकैनै लोकप्रिय बनेको टिकटक बन्द हुने

September 24, 2020 212

पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप टिकटक अमेरिकामा आइतबारदेखि बन्द हुने भएको छ । भिडियो शेयरिङ एप्स टिकटक र म्यासेन्जिङ एप वीच्याटमा प्रतिवन्ध लाग्ने भएको छ । अमेरिकाको वाणिज्य विभागले दुई चिनिया एप्स डाउनलोडमा प्रतिबन्ध घोषणा गरेको हो ।

कुनैपनि एप्स स्टोरवाट दुबै एप्स डाउनलोड गर्न नपाइने विभागले जनाएको छ । भोलिदेखि डाउनलोडमा प्रतिवन्ध लगाइए पनि यस अघिका प्रयोगकर्ताले भने आगामी नोभेम्बरसम्म चलाउन सक्नेछन् । सो पश्चात प्रयोग पूर्ण रुपमा निषेध गर्ने अमेरिकाको तयारी छ ।

चिनियाँ एप्समार्फत राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको तथा तथ्यांक चोरी भएको आरोप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउदै आएका छन् ।

टिकटकले भने आरोपको खण्डन गर्दै अमेरिकी जनताको जिवनशैली बनेको सो एपमा लगाइएको प्रतिवन्धले आफु निराश भएको जनाएको छ ।&
एजेेेेन्सी

अन्य समाचार : रुसमा एक नेपालीले को’रोना भाइ’रस बिरु’द्धको भ्याक्सि’न लिए काठमाडौं । रुसको रानधानी मस्कोमा कार्यरत एक नेपालीले को’रोना भाइ,रस (को’भिड १९) बिरु’द्धको भ्या’क्सिन लिएका छन् ।मस्कोमा कार्यरत ६१ वर्षीय डा.महेश श्रेष्ठले शनिबार को’राना भाइ’रस बिरु’द्धको भ्या’क्सिन लिएका हुन्। श्रेष्ठको नेपालमा पुख्र्यौली घर सल्यान हो ।श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो। ३० हजार जना मध्येमा छानिएका श्रेष्ठको भ्याक्सिन लगाएपछिको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।यसअघि रसियामा निर्माण भएको सो भ्याक्सिन नेपालमा ल्याउने तयारी भैरहेको खबर बाहिर आएको थियो । नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको उक्त भ्याक्सिन नेपाललाई दिन तयार रहेको जानकारी दिएका थिए ।

live 54  media

प्रतिकृया दिनुहोस्