Wednesday, October 21

सरकारकै मानो खाएर सरकारकै कामको आलोचना गर्दै छु यतिखेर : गणेश बहादुर बिष्ट “स्वास्थ्यकर्मी”

July 29, 2020 146

गणेश बहादुर बिष्ट ‘सुमनसर’
धेरैले कैयौं कोणबाट व्याख्या गरिसके कोरोना कहरका बारेमा। धेरै अनुभव र अनुभूति पोखिसके र पोखिरहेकै छन् बन्दाबन्दीको। सबैका आआफ्नै समस्या छन्। अनुभव र अनुभूति छन्। अनि छन् राज्यप्रतिका गुनासा। सधैंझैं कुनै न कुनै भूभागमा कुनै न कुनै क्षेत्रमा सौतेनो व्यबहार गरि नै रहन्छ राज्य। सधैं मध्य तथा सुदूरपश्चिमप्रति सौतेनो ब्याबहार गर्ने नैपालले उक्त व्यवहार देखायो स्वास्थ्य क्षेत्रमा पनि। सरकारकै मानो खाएर सरकारकै कामको आलोचना गर्दै छु यतिखेर। आफूले देखे÷भोगेका र मनमा लागेका कुरा नागरिकले स्पष्ट ढंगले राख्न पाउनु पनि हो लोकतन्त्र। लोकतन्त्रकै कुरा गर्दा, नागरिकका हकअधिकारका कुरा गर्दा कतिपय अवस्थामा राज्यको घेराबन्दीमा समेत परेको महशुस गरेको छु।

२०७६ चैत १ गते देखि यो लेख लेख्दाका मितिसम्म एक दिन पनि बिदा लिएको थिइनँ। बिहानको ५ देखि रातको ११ बजेसम्मको समय अफिस र ब्यवस्थापनमै बित्थ्यो। प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्याय र सूचना अधिकारी लाल साउँद छोटो समयका सहयात्री बने र निकै सामिप्यमा रहे। जनप्रतिनिधिहरूको हातेमालोमा पनि कमी कहिल्यै आएन। कोभिड–१९ को मनेविज्ञान यस्तो नराम्रो जकडिएको थियो कि बाँच्ने आशा भित्रभित्रै मरिसकेको थियो। यद्यपि देखावटी रुपमा मैले सबैलाई जीवन जिउने कलाको प्रयोग सिकाइरहेको थिएँ। मेरो मनोवल कमजोर भएको भान मात्र कसैलाई पथ्र्यो भने सम्पूर्ण मिसन नै फेल हुन्थ्यो। त्यसैले पनि हरेक अग्र मार्चामा आफैं उभिएर सहयात्रीलाई संगै डो-याइरहें। यस बीचमा मन शान्तिको मेलो बिसाउन छाडेको पच्चिस वर्ष पछाडी पुनः रक्सी पिउन सुरु गरें। साउन पछि त्यो बिषय समेत क्रमभंग भएको छ।

केन्द्र सरकारका प्रत्येक कर्मचारीले सय प्रतिशत भत्ता पाए। प्रदेश सरकारका प्रशासनसम्मका कर्मचारीले ७५ प्रतिशत भत्ता पाए। स्थानीय सरकारका फ्रन्टलाइनमा काम गर्ने कर्मचारीले २५ प्रतिशत मात्र भत्ता पाउनु सम्मानजनक हुँदै होइन। अहिले हामी स्थानीय स्वास्थ्यकर्मीलाई मुखमा लक र रकममा डाउन गरी लकडाउन गरिएको छ।

यतिखेर काम बिशेषले म धनगढीमा छु जहाँ सुदूरपश्चिम सरकारको कार्यालय छ। सुदूरपश्चिम सरकार छ। नजिकै भारतबाट आएका लाहुरेले नेपाल प्रवेश गर्न पाउने गौरीफन्टा नाका छ। अहिले पनि आइरहेकै छन् लाहुरे। म सम्झिरहेको छु नेपालमा कोराना प्रवेश गर्नु अघिदेखि हालसम्मको अवस्था।

मंसिरमा कोरोना नेपालमा आउला भन्ने कुनै संकेत थिएन। स्वास्थ्य शाखा प्रमुखका हैसियतले समुदायका मानिसको चेतनास्तरमा परिवर्तन ल्याउने उद्देश्यका साथ कार्यपालिकामा एउटा प्रस्ताव लिएर गएँ। पोषिलो खाना, साबुन पानीले हात धुन, शुद्ध पानी पिउन, चर्पीको प्रयोग गर्न र फोहोरको व्यवस्थापन गर्न सबै नागरिकलाई अनिवार्य गर्न कानुन बनाउने। यो प्रस्ताव कार्यपालिका बैठकमा पास भएको थियो। त्यसै दिनदेखि नै पोषिलो खाना, श्ुद्ध पानी र सरसफाई अमरगढीमा अनिवार्य बिषय बनेको थियो। माघ २८ र २९ गते दुई दिन बृहत पोषण समीक्षा भयो र २० बुँदे अमरगढी पोषण घोषणापत्र जारी भयो। यसको कार्यान्वयनमा जोड दिइरहेका बेला कोरोनाको प्रभाव न्युनिकरण गर्न खानपिन र सरसफाईमा बिशेष जोड दिइयो। मास्क र स्यानिटाइजरको अत्यधिक प्रयोग हुन थाल्यो। प्रत्येक चोकचोकमा हात धुने धारा बन्न थाले। मानिसको चेतनास्तर निकै माथि पुग्न थाल्यो। अमरगढी नगरपालिकाले पारित गरेको निर्णय खाना, पानी र सरसफाई आम जनताबीच सार्थक हुँदै गयो। यसमा मेरो खुसीको सीमा रहेन।

वल्र्ड कोरोनामिटरले मृत्युको मिटर घुमाई नै राखेको थियो। स्पेन, अमेरिका, इटली, बेलायत, ब्राजिल जस्ता देशको मृत्युको प्रतिस्पर्धाका रमिते थियौं हामी। दिनमा कम्तिमा १० पटक त साबुन पानीले हात धुन्थ्यौं। आउने जाने मानिसको ब्यवस्थापन गथ्र्यों। बिहान उठेदेखि नसुतेसम्म संसारको मृत्युको खबर हाम्रो जीवनको व्यावहार परिवर्तनको साक्षी बनिरह्यो। संसारभर दिनमा पाँच हजारको मृत्यु हुँदा हामीले पचास पटक हात धुने ग-यौं। जति मृत्यु बढी, हाम्रो बानी त्यतिकै परिबर्तन। कोरोनाको मुख्य उपलब्धी नै आम मानिसमा सकारात्मक बानी विकास भएको ठानेको छु।

स्वास्थ्य मन्त्रालयले कोभिड सन्दर्भका दैनिकजसो निर्देशिका जारी गर्ने र परिमार्जन पनि गर्ने ग-यो। पहिलापहिला एक जना पोजेटभि मात्रै देखिनु पथ्र्यो, सरकारका सबै संयन्त्र परिचालन हुन्थे। कोरोना पोजेटिभको राम्रो स्याहार हुन्थ्यो। समय घर्किदै जादाँ पोजेटिभहरू पनि नर्मल मानिस सरह नै घरमा सतर्कताका साथ बस्न योग्य बनाइयो। निर्देशिका बमोजिमका कदम चाल्नु हाम्रो कर्तब्य हुन्थ्यो। बैसाख मध्यसम्म देशभर मास्क, स्यानिटाइजर, पीपीइको अभाव थियो। बडा कठिन थिए ती दिनहरू। अफिसकै गाडी लगेर भोकभोकै सामान ल्याउनु प¥यो। काठमाडौंं र भारतबाट समेत दीर्घरोगीको औषधि मगाई राहत दिनु पर्ने भयो। करिब ५५० जनालाई राहतस्वरुप औषधि बाँड्नु पर्ने भयो। कठिन दीर्घरोगीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै औषधि ल्याउन काठमाडांैं र भारतसम्म धाउनु प-यो।

भारतबाट आएका दाजुभाइको चाप चैत अन्तिम सातादेखि बैसाख मसान्तसम्म थेगिनसक्नु भएको थियो। सबैको आरडिटी र पिसिआर गर्न जनता र जनप्रतिनिधिबाट दबाब आयो। यद्यपि आरडिटीको त्यति भरोसा थिएन। पिसिआरमै बढी जोड दिइन थाल्यो। त्यो दबाब स्वभाविक पनि थियो तर किटहरूको उपलब्धता कहिंबाट हुने छाँट देखिएन। स्वास्थ्य कार्यालयबाट प्राप्त किटहरू नगन्य मात्रामा हुन्थे। जसले ठूलो जनमानसको समस्या हल गर्न सक्दैनथ्यो त्यसमा पनि स्वास्थ्य कार्यालयबाट नानाथरी बोझ थपिँदा झन पीडा महशुस हुन्थ्यो। आफ्नो कामको दायित्व अर्काको काँधमा राखी आपूm पन्छिने प्रबृति मेरा लागि सहन योग्य भएन त्यसकारण पनि स्वास्थ्य कार्यालय मेरो र नगरपालिकाको प्रतिकुलमा उभिरह्यो। स्वाव संकलन गरी जाँच गर्न पठाउँदा कयौं ब्यबधान झेल्नु प¥यो। मास क्याम्पेन गरेर ४८७ जनाको एक पटक र १५८ जनाको दोश्रो पटक स्वाब संकलन ग¥यौं। पहिलो पटक संकलन गरिएकोे स्वाब धनगढी प्रयोगशालाले काठमाडौं पठायो जसमा करीब १५० जनाको नतिजा अलपत्र भएको छ। दोश्रो स्वाब जुम्ला लिएर गयौं जसको नतिजा प्राप्त भइसकेको छ। हालसम्म ९४३ जनाको स्वाव परीक्षण भइसकेको छ। जस मध्ये ३५ जना पोजेटिभ आएका छन्। सबै पोजेटिभका आफन्त र उनका घरका सदस्यको पिसिआर जाँच नेगेटिभ आएको छ।

पहिलापहिला एक जना पोजेटभि मात्रै देखिनु पथ्र्यो, सरकारका सबै संयन्त्र परिचालन हुन्थे। कोरोना पोजेटिभको राम्रो स्याहार हुन्थ्यो। समय घर्किदै जादाँ पोजेटिभहरू पनि नर्मल मानिस सरह नै घरमा सतर्कताका साथ बस्न योग्य बनाइयो। निर्देशिका बमोजिमका कदम चाल्नु हाम्रो कर्तब्य हुन्थ्यो।

स्वाब परीक्षण गराउनु मेरा लागि फलामको चिउरा चपाउनु सरह भयो। जेठ २५ गते गरिएको स्वाव संकलनको नतिजामा करिब १८० जनाको नतिजा आइपुगेको छैन। असार ११मा पुनः स्वाब संकलन गरी जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान व्यवस्था मिलाउने नगर प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत धन्यवादका पात्र बनेका छन्। हालसम्म नतिजा नपठाउने काठमाडौं जस्तै जुम्ला पनि भैदिन्छ कि भन्ने शंका थियो तर इमान्दारीपूर्वक ११ दिनमा सबै नतिजा प्राप्त भए। कर्णाली जस्तो विकट ठाउँका स्वास्थ्यकर्मीले देखाएको सदासयता सबैका लागि सिक्न योग्य हुनेछ। राज्यका सबै अंग जुम्ला जस्तै इमान्दार भइदिउन् भन्ने चाहना छ।

लकडाउनमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, बालबालिका, गर्भवतीको बेहाल भयो। नियमित गर्नु पर्ने काम लथालिंग भए। स्वास्थ्यकर्मीलाई हटलाइनमा राखियो। स्वयंसेविकालाई गाउँगाउँमा आएका दाजुभाइको लगत संकलन गर्न खटाइयो। समाजका सबै जिम्मेवार व्यक्ति जोखिमयुक्त काममै रहे। समस्या आएका र ज्वरो रुघाखोकीका केशलाई तुरुन्तै जाँचको दायरामा ल्याइयो। सबैको मेहनत र परिश्रमका कारण अमरगढी नगरपालिका कोरोना फ्रि हुने अन्तिम चरणमा पुगेको छ।

यता राज्यले जोखिममा विभेद गरि नै रह्यो। संकट निवारण केवल जाँच र उपचार मात्र हो भन्ने बुझाई नै गलत भयो। संकटका बेला जोखिमको शंकामा रहेका मानिससंग प्रत्यक्ष भेटी प्रयोगशालासम्म पु¥याउनु पनि त जोखिम हो। प्रयोगशालाकर्मी त हातहतियारले सुसज्जित सेना हुन् तर फिल्डका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका बिना हतियारका जोखिमयुक्त सेना जस्ता भएका छन्। ती स्वास्थ्यकर्मी र स्वयंसेविकाको भूमिका प्रयोगशालाकर्मीको भन्दा भिन्न थिएन। सुविधाको कुरो गर्दा जोखिमयुक्त र जोखिम नभएका स्वास्थ्यकर्मी छुट्टयाएर विभेद गर्नु नै गलत थियो।

प्रयोगशालाकर्मी त हातहतियारले सुसज्जित सेना हुन् तर फिल्डका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका बिना हतियारका जोखिमयुक्त सेना जस्ता भएका छन्। ती स्वास्थ्यकर्मी र स्वयंसेविकाको भूमिका प्रयोगशालाकर्मीको भन्दा भिन्न थिएन। सुविधाको कुरो गर्दा जोखिमयुक्त र जोखिम नभएका स्वास्थ्यकर्मी छुट्टयाएर विभेद गर्नु नै गलत थियो।

प्रारम्भिक चरणमा विना सुरक्षा सामग्री भारतबाट आएका मानिसको पहिलो सम्पर्कमा आउने ब्यक्ति नै फिल्डका स्वास्थ्यकर्मी हुन्। यो ब्यवहारले प्रमाणित गरेको बिषय हो। तर जोखिम भत्तामा उनीहरूलाई विभेद गरिनु हुँदैनथ्यो। म स्वयं र मेरा सबै स्वास्थ्यकर्मी साथीहरूले एक रुपैयाँसम्म जोखिम भत्ता पाएका छैनौं। यद्यपि नगरपालिकाको निर्णयले केही स्वास्थ्यकर्मीलाई २५ प्रतिशत र केही स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ताको निर्णय गरेको छ। सबैलाई समान हुनु पर्छ भन्ने वकालत गर्दागर्दै पनि सबैको चित्त बुझाउन नसक्दा ग्लानी महशुस भएकै छ।

मेरो जागिरे जीवनले २७ बर्षमा प्रवेश गरेको छ। यी सत्ताइस बर्षका अवधिमा सबैभन्दा बढी जोखिमका दिन झेलेको छु। यस अघि एक पटक बुवाको स्वर्गारोहणका बेला मानसिक तनावमा परेर केही समय औषधिको शहारा लिनु परेको तितो यथार्थ मेरा सामुन्ने अझै ताजै छ। त्यतिबेला बिशुद्ध पारिवारिक तनावले र बाबाको बिछोडले मन र मस्तिस्क निराशातिर धकेलिएको थियो भने अहिले परिस्थिति भिन्न छ। समाज र सामाजिक संरचनाका मानिसको कहालिलाग्दो दिनचर्या र पुरा गर्न नसकिएका स्वास्थ्यकर्मीका वाचाहरूले मन निराशाको गोरेटोतिर लम्किदिन्छ।

समय र परिस्थिति ब्यक्तिगत भन्दा संस्थागत भएको छ। युग बदलिएको छ। समाजका चरित्र बदलिएका छन्। मानिसका रहनसहन र व्याबहारहरू बदलिएका छन्। इच्छा र चाहाना बदलिएका छन्। पहिले हाम्रा पितापुर्खा समाज सेवा गर्न पाउँदा पुण्य कमाएको ठान्दा हुन् र त ठाउँठाउँमा मन्दिर, पाटी, पौवा बने हुनन्। तिनले त्यसैलाई धर्म माने। पुण्य प्राप्ति त्यसैमा देखे। ती संरचना अहिले करोडौं खर्च गरेर पनि बनाउन सकिँदैन। हामी अहिले काम कम, पैसा धेरै भन्ने जमानामा प्रवेश गरेका छौं। अहिलेका मानिस कृत्रिम आडम्बरमा बढी बिश्वस्त छन्। चाहे ठगेरै किन नहोस् आर्थिक उर्पाजनमा मात्र ध्यान छ।

अहिले राम्रा काम गर्नेहरू राज्यको नजरमा पर्दैनन्। यतिखेर कुशल क्षमता भएका योजनाकारको आवश्यकता छ। राम्रो योजना बन्नु नै ५० प्रतिशत काम सम्पन्न हुनु हो भन्ने बुझेको छु। बाँकी ५० प्रतिशत कार्यान्वयनमा। योजना राम्रो हुँदा कार्यान्वयनमा धेरै समस्या हुँदैन। हाम्रा स्वास्थ्यकर्मी साथीहरू काम गर्नमा सक्षम छन्। सबै कुरामा निपुण छन्। प्राबिधिक रुपमा चुस्त छन्। भने मुताविक काम गर्न सक्षम छन् तर एकै कुराको अभाव छ त्यो हो मनोवल बढाउनु। लकडाउन अवधिसम्म दिनरात नभनी काम गर्नु पर्छ भनेका छौं तर दिनरात काम गर्नेलाई सुविधा दिन सक्दैनौं भने मनोवल गिर्दै जान्छ। अन्त्यमा काम गर्न जाँगर चल्दैन।

यस पटकको हाम्रो काम गराई यस्तै भएको छ। केन्द्र सरकारका प्रत्येक कर्मचारीले सय प्रतिशत भत्ता पाए। प्रदेश सरकारका प्रशासनसम्मका कर्मचारीले ७५ प्रतिशत भत्ता पाए। स्थानीय सरकारका फ्रन्टलाइनमा काम गर्ने कर्मचारीले २५ प्रतिशत मात्र भत्ता पाउनु सम्मानजनक हुँदै होइन। अहिले हामी स्थानीय स्वास्थ्यकर्मीलाई मुखमा लक र रकममा डाउन गरी लकडाउन गरिएको छ। नागरिक ब्यवस्थापनको काम स्थानीय स्वास्थ्यकर्मीले जिम्मा लिनु पर्ने तर जोखिम भत्ताको पुर्ति प्रदेश र केन्द्रमा हुँदा मन कसको कुँडिदैन र? काम गर्ने कालु, मकै खाने भालु भनेझैं नहोस्। केन्द्रले काम गरेको छैन भन्न खोजेको पक्कै होइन। अन्यथा अर्थ नलागोस्। अरुको मृत्युमा आफ्नो जीवन देख्नेहरू यहाँ धेरै छन्। यस्ता कामहरूले समाज, देश र राष्ट्र कहिल्यै उभोँ लाग्दैन। अरुको मृत्युमा होइन, अरुको जीवनमा आफ्नो जीवन देखौं।

(विष्ट अमरगढी नगरपालिका डडेल्धुराका स्वास्थ्य शाखा प्रमुख हुन्।)

Source Nagariknews online

 

प्रतिकृया दिनुहोस्