Monday, November 23

NCELL ले पनि ल्यायो सस्तो डाटा प्याक लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजालिन सक्ने

September 23, 2020 114

काठमाडौ । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजालिन सक्ने भएका छन । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहककालागि नन्स्टप अफरहरु अन्त र्गत थप विकल्प प्रदानगर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ। ‘प्लस’थिम अन्तर्गत फोरजीग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु असोज ७ देखि संचालनमा आएका छन् ।

‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भएपनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ। ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन वा ३० दिनको समयसिमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालह रुको प्रयोगबाट मजालिन सक्छन् । ग्राहकले मात्र रु २५ (कर सहित रु ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन् ।

त्यस्तै ग्राहकले मात्र रु ३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याकलिई आफुले लिएको प्याकको समयसिमा बाँकी रहेसम्म नन्स्टप रुपमा यसको फाइदालिन सक्छन् । यतिमात्र नभई, यो ३० दिनको प्याकलिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । एनसेलको फोरजी सेवा लिएका ग्राहकले ‘एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास’ डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशनअनुसार नन्स्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुचारु गर्न सक्छन् ।

buddha khabar

प्रतिकृया दिनुहोस्