शनिबार ०२ आश्विन २०७८

काठमाडौं । सर्वाेच्च अदालतको आदेशपछि रामबहादुर थापा बादल पदमुक्त भएपछि गृहमन्त्री को बन्दैछन् भन्ने चासो सर्वत्र छ । केपी शर्मा ओलीको क्याबिनेटमा ३८ महिनाभन्दा लामो समयदेखि गृहमन्त्री रहेका बादल गत बिहीबार (६वैशाख)मा सर्वाेच्च अदालतको आदेशअनुसार पदमुक्त भए ।

योसँगै गृहमन्त्री बन्ने आकांक्षीहरु सत्तारुढ एमालेभित्रमात्रै होइन अन्तर पार्टीभित्र पनि देखिन थालेका छन् । तर, प्रधानमन्त्री ओलीले कसलाई गृहमन्त्रालयकाृे जिम्मेवारी देलान् भन्ने सवाल महत्वपूर्ण छ । अब बन्ने गृहमन्त्रीले आगामी निर्वाचनमा पनि प्रभाव पार्ने भएकाले जोसुकैलाई प्रधानमन्त्री ओलीले बनाउने सम्भावना देखिँदैन ।

तर, पनि प्रधानमन्त्री ओलीलाई फकाउने र लविङ गर्ने नेताहरुको लस्कर देखिए पनि केही नेताहरुको नाम भने चर्चा देखिन्छ । बादल पदमुक्त भएपछि रिक्त रहेको गृहमन्त्रीका लागि नेताहरु लविङ रहेका छन् । तर, को गृहमन्त्री बन्ने निश्चित भइनसके पनि केही नेताहरुको नाम चर्चा र सतहमा आएको देखिन्छ ।

केही नाम ओली क्याबिनेट भित्रकै छन् भने केही बाहिरका छन् । उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेलको नाम गृहमन्त्री बन्ने चर्चा छ । उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहँदै उपप्रधानमन्त्रीको जिम्मेवारीमा छन् । यस्तै अर्थमन्त्री विष्णु पौडेलको नाम पनि गृहमन्त्रीमा चर्चा छ ।

यससँगै महेश बस्नेतको नाम पनि गृहमन्त्रीका लागि चर्चामा आइरहेको छ । प्रधानमन्त्री ओलीको कदममा पछिल्लो समय साथ दिँदै आएको जनता समाजवादी पार्टी नेपाल पनि सरकारमा सहभागी हुने तयारीमा रहेको देखिन्छ । बादलसहित पूर्वमाओवादीका नेतासमेत रहेका सात जना मन्त्रीहरु पदमुक्त भएसँगै ओली क्याबिनेट अपूर्ण छ ।

जसपाको महन्थ ठाकुर समूह सरकारमा सहभागी भएमा संसदीय दलका नेतासमेत रहेका राजेन्द्र महतोलाई पनि गृहमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी रहेको नेताहरु बताएका छन् । तर, कसलाई गृहमन्त्री बनाउने भन्ने अहिले नै एकीन भइसकेको छैन ।

१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया