Tuesday, November 24

दिल खोलेर हाँस्नुहोस्,हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ

September 23, 2020 103

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । यसले मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्छ ।दैनिक ४५ मिनेटसम्म हाँस्नाले मानिसमा भएको तनाव कम हुन्छ । साथै अप्ठेरा परीस्थितीसंग जुध्ने क्षमतामा वृद्धि गर्दछ ।

हाँसोले मानिसको ब्यक्तित्व समेत झल्कन्छ । हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । यस्ता छन् हाँस्दा ७ फाइदा :

१. शरीरलाई आराम

हाँस्दा शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै यसले मांसपेशीलाई आराम दिलाउँछ । यसले शरीरलाई पुर्ण आराम गर्दछ ।

२. प्रतिरोधी क्षमतामा वृद्धि

अधिक तनाव हुँदा शरीरमा रोग प्रतिरोधी क्षमता पनि कमजोर हुन्छ । तर हाँस्दा तनाव कम हुनुका साथै हर्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणबिरुद्ध लड्ने एन्टीबडी वृद्धि हुन्छ ।

३. तनाव भुलाउन सहयोगी

हाँस्ने मानिसहरुमा इन्डोर्फिन नामक रसायन वृद्धि हुनुका साथ तनाव र अनावश्यक चिन्ता कम हुन्छ ।

यसले मानिसलाई धेरै हदसम्म पीडा भुलाउन सहयोग गर्दछ ।

४. मुटुको रक्षक

हाँस्दा रक्तनलीमा सुधार भई रक्त सञ्चारमा वृद्धि हुन्छ । यस्तो अवस्थामा हृदयाघात हुने र मुटु रोग लाग्ने सम्भावना समेत कम हुन्छ ।

५. वजन घट्दछ

दैनिक ४५ मिनेट हाँस्नाले निकै धेरै मात्रामा क्यालोरी कम हुन्छ । १० मिनेट मात्र हाँसेमा पनि ४० क्यालोरीसम्म घटाउन सकिन्छ ।

६. प्रसन्न बनाउँछ

हाँस्दा मष्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मानिसलाई प्रसन्न पार्दछ ।

हाँस्ने बानीको बिकास गर्न सकेमा हर प्रकारका अप्ठ्यारासंग जुध्ने क्षमतामा वृद्धि हुन्छ ।

७. आयु बढाउँछ

नहाँस्ने भन्दा हाँस्ने मानिसको आयु बढि हुन्छ । जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ धेरै बाँचेको बिभिन्न अध्ययनहरुले पुष्टि समेत गरेको छ।

मज्जाले हाँस्नुका १० फाइदा

हँसमुख रहनु अर्थात् हाँस्नु सरीरका लागि फाइदाजनक हुने कुरा हामीले सुनकै वा महसुस गरेकै कुरा हो । वैज्ञानिकहरुका अनुसार हाँस्नु सरीरको स्वास्थ्यका लागि सबैभन्दा उत्तम औषधि तथा व्यायाम हो । चिकित्सकहरुले विरामी मानिसहरुलाई समेत हाँस्न सल्लाह दिन्छन् । हाँसोले जिउको दुखाई समेत कम हुन्छ । हाँस्ने भन्ने बित्तिकै ठूलो आवाज निकालेर अट्टहास गर्नैपर्ने होइन, मुस्कुराहट वा मन्द हाँसो समेत पर्याप्त हुन्छ । विज्ञहरुका अनुसार हाँस्नुका फाइदा यस्ता छन्-

१. अध्ययन अनुसार मुस्कुराहटले मानिसको मुटुको चाल वा धड्कनलाई सन्तुलित बनाउन मद्दत गर्छ । हाँसिरहने मानिसको आयु खासै हँसमुख नहुनेको भन्दा ६ वर्ष बढ्ने बताइएको छ ।

२. तनावलाई कम गर्नमा मुस्कुराउने वा हाँस्ने कामले उर्जावर्धक चिजको काम गर्छ । मुस्कुराउँदा सरीरमा एन्डोफिर्न हर्मोन उत्सर्जन हुन्छ जसले तनाव कम गर्नुका साथै मूडलाई समेत रिल्याक्स बनाउँछ ।

३. दुखाइ कम गर्नका लागि समेत हास्नु मुस्कुराउनु निकै लाभदायक हुन्छ । हाँसोले सरीरमा खुसीको अनुभुति गराउने हर्मोन बढाउँछ जसका कारण सकारात्मक सोँच बढ्नुका साथै दुखाइ पनि कम हुन्छ ।

४. हाँसो तथा मुस्कानले सरीरमा रोगप्रतिरोधी क्षमता समेत बढाउँछ । यसले व्यक्तिको मनोवैज्ञानिक उर्जालाई समेत प्रवर्द्धन गर्दछ । रोगप्रतिरोधी प्रणालीलाई सक्रिय बनाउनका लागि सरीरमा टी कोषहरु हुन्छन् । हाँसेको बेला सरीरका टी कोषहरु सक्रिय हुन्छन् । त्यसैले हाँस्ने कामले जिउको रोगप्रतिरोधी क्षमता बढाउँछ ।

५. कम रक्तचाप भएका मानिसहरुका लागि समेत हाँसो तथा मुस्कान आवश्यक हुन्छ । हाँसोले रक्तचाप सन्तुलनमा सहयोग पूराउनुका साथै हृदयाघातको जोखिम समेत घटाउँछ ।

६. हाँसो केवल मुटु तथा मस्तिष्कका लागि मात्र होइन मांसपेशीका लागि समेत फाइदाजनक हुन्छ । जब तपाइँ हास्नुहुन्छ पेटको मांशपेशीहरु फैलिन्छन् र एकअर्काको बढि सम्पर्कमा आउँछन्, व्यायामका बेलामा जस्तै । तसर्थ मांशपेशीको तन्दुरुस्तीका लागि समेत व्यायामसँगै हाँस्ने थेरापी उपयोग गर्नु निकै लाभदायक हुन्छ ।

७. हाँसोले मानिसको सरीरमा सकारात्मक उर्जाको विकाश गर्ने तथा विभिन्न समस्या सँग जुध्ने वा समस्याको समाधान गर्ने विवेक प्रदान गर्न समेत सहयोग गर्दछ ।

८. जिवनमा उत्साह तथा जोश भर्न, तनाव तथा डरबाट मुक्ति, मूडलाई ठीक राख्न र जिउमा लचिलोपन ल्याउनका लागि समेत उन्मुक्त हाँसो आवश्यक हुन्छ ।

९. हाँसोका सामाजिक लाभ पनि हुन्छन् । यसले आपसी सम्बन्ध मजबुत बनाउन सहयोग पूराउँछ । हँसिलो मानिस अरुलाई आफुतर्फ आकषिर्त गर्न सफल हुन्छ ।

१०. हाँसो तथा मुस्कानले मानिसलाई नेतृत्व तथा समुहकार्यका लागि समेत सफल बनाउँछ । हँसिलो मानिसमा टिमवर्क तथा नेतृत्वदायी क्षमता बढि हुन्छ । त्यस्तै अरु मानिसलाई आफ्नो सम्बन्धमा टिकाउन समेत हँसिलो अनुहारवाला मानिसहरु सफल हुन्छन् ।

buddha khabar

प्रतिकृया दिनुहोस्