Thursday, November 26

अहिलेकै दरमा कोरोना संक्रमित बढे सरकारले पुनःलकडाउन गर्न सक्ने स्पष्ट संकेत

September 23, 2020 117

काठमाण्डौ – अहिलेकै दरमा कोरोना संक्रमितको संख्या वृद्धि भएमा सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पुनः लकडाउन गर्न सक्ने स्पष्ट संकेत गरेको छ ।

आज स्वास्थ मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले इसिडेन्ट कमाण्ड सिष्टम (आइसीएस) को बैठक बसेर २५ हजार सक्रिय संक्रमित नाघेमा लकडाउनको सिफारिस गर्ने निर्णयबारे जानकारी दिएका हुन् ।

आइसीएसले २५ हजार बढी सक्रिय संक्रमित भएमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । स्वास्थ मन्त्रालयका प्रवक्ता डा. गौतम अनुसार अहिले देशमा १७ हजार ४ सय १४ सक्रिय संक्रमित छन् ।

अब ७ हजार सक्रिय संक्रमितको संख्या थपिएमा लकडाउन हुने उच्च सम्भावना छ । यसैगरी निषेधाज्ञा खुकुलो भएपछि जनस्वास्थ्यको मापदण्ड पालना नभएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

अहिलेकै दरमा संक्रमणको दर वृद्धि हुँदै गए कम्तीमा एक महिना त्यस्तो क्षेत्र नखोल्न समेत स्वास्थ मन्त्रालय अन्तरगतको आइसीएसले सिफारिस गरेको छ ।

सक्रिय संक्रमितको संख्या २५ हजार भन्दा धेरै भएमा अहिलेको स्वास्थ संरचनाले नधान्ने तथा व्यवस्थापन गर्न नसकिने भन्दै लकडाउन गर्न सकिने जानकारी दिइएको हो ।

voice samachar

प्रतिकृया दिनुहोस्