
काठमाडौँ । लोकप्रिय गायक सन्दीप न्यौपानेले लालुमैको सफलतासँगै नयाँ गीत सान्बाबुको भिडियो सार्वजनिक गरेका छन् ।
जसमा सन्दीपसँग लोकप्रिय गायिका सम्झना भण्डारीको स्वर रहेको छ । संगीत संयोजन लोकप्रिय संगीतकार सु्दिप सागरको रहेको छ ।
प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा टिकटकबाट चर्चा कमाएका सुन्दरी दिदी बहिनीद्धय स्मारिका र समारिका ढकालसँग गायक सन्दीपको गज्जबको छमछमी देख्न सकिन्छ ।
नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन् ।
शिव हमालको च्यानबाट बजारमा आएको गीतको भिडियो रिलिज लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक न्यौपानेले बताए ।
सन्दीपका यसअघि लालुमै, ओक्कल दोक्कल, काली भन्न मिलेन, लगायतका गीतका भिडियोहरुले ब्यापक चर्चा कमाएका छन् ।