शनिबार ०२ आश्विन २०७८

‘छाती बचाउनु नै बाँच्नु हो´ लक्षणहरु_र_बच्ने_उपायहरु (कृपया पढ्नुहोला) म विगत १७ दिन देखि कोरोनको बिरामी थिए भने आज बाट पूर्ण रुपमा निको भएको छु, मेरो जीवनमा घटेको अहिले सम्मको ठुलो पिडादायकघटना हो जसलाई आत्मबल र सहनसिलाताले जित्न सफल भए । हुन त मानिस पिच्छे फरक फरक लक्षणहरु देखिन्छन रे तर मलाई देखिएका लक्षणहरु निम्न छन:-

१. सुरुको तीन दिन सम्म हल्का हल्का ज्वरो आउने, आँखाको माथिलो ढकनी दुख्ने, अल्छी लाग्ने, कस्तो कस्तो अनौठो महाशुस हुने,

२. तेश्रो दिन देखि छैठौं दिन सम्म ९९ देखि १०३° ज्वरो आउने, नाक बन्ध हुने, लगातार खोकी लाग्नु जिब्रोले स्वाद थाहा नपाउने, खाना मिठो नहुने, जतिबेला पनि सुत्न मन लाग्ने,हल्का हल्का जिउ दुख्ने,

३. छैठौं तीन देखि दशौं दिन सम्म हल्का मात्र ज्वरो आउने, जिउ दुखेर:- कोल्टे फर्किन नसक्क्नु, सयौ प्रयास गर्दा पनि toilet गएर दिशा गर्न नसक्नु, रात र दिन के हो भिउ नपाउनु, खाना देख्दा मन खिन्न हुनु । ४. एघारौं देखि तेह्रौं दिन सम्म बेलुका मात्र हल्का ज्वरो, खाना रुच्दै जानु, निद्रा लाग्नु, टाउको हल्का भएको महशुस हुनु ।

७. तेह्रौं देखि सततरौं दिनमा शरीर कमजोर भएको अनुभव हुनु, योग गर्दा पनि पसिना पसिना हुनु, अनि कोरोना negative आउनु । सैद्धान्तिक तथा बैज्ञानिक रुपमा के भन्छन त्यो त गौण कुरा हो तर व्यवहारिक र प्रयोगात्मक रुपमा मैले प्रयोग गरेर सफल भएका घरेलु बिधिहरु निम्न छन:-

क) बन्ध भएको नाक खोल्ने बिधि: एउटा पाकेर पहेलो भएको कागती लिएर काट्ने अनि नाकको दुवै प्वालमा आलोपालो ५/६ थोपा, ५/६ थोपा रस हाल्ने अनि नाक खुल्छ फलस्वरूप स्वास हेर्न सजिलो हुन्छ, जति बेला बन्ध हुन्छ त्यतिबेला रस हाली हाल्ने । २/३ दिन हाल्दा पूर्ण रुपले नाक खुनेछ ।
ख) खोकी कम गर्ने विधि: एउटा गिलासमा दुईतिहाइ जति चामल लिने अनि मकै भुटे जसरि हल्का रातो हुने गरि भुट्ने अनि त्यसलाई चिसो पानीमा हाल्ने अनि बाफ बाहिर जान नदिइ ढकनले २ minute छोप्ने अनि तातातै त्यो पानी पिउने र सकिन्छ भने त्यो चामल पनि खाने, ४/५ खुराक खाएपछि खोकीको असर कम हुदै जान्छ l छाती बचाउनु नै बाँच्नु हो, खोकीको असरले छाती दुख्न थाल्छ ।

ग) निदाउने विधि: अरु दिन हल्का फुल्का निद्रा लागेपनि छैठौं तीन देखि दशौं दिन सम्म पटक्कै निद्रा लाग्दैन, रात हो या दिन हो थाहानै हुदैन, जिउ दुखेर कोल्टे फर्किन नसक्ने हुन्छ यो घडीमा निदाउनु ठुलो कुरा हो । सतही क्षेत्रफल बढी हुनाले आकाश तिर फर्किएर सुत्दा खोकी लाग्दा छातीमा बढी चाप पैदा हुन्छ त्यसैले कोल्टे फर्किएर सुत्नु पर्छ साथै खुट्टा खुम्चाएर सुत्दा जिउ निकै दुख्ने हुनाले सिधा पारेर सुत्ने सकेसम्म चल्नु हुदैन अनि निद्रा लाग्छ ।

घ) फलफुल खाना हुन्छ ? फलफूलले शरीरलाई शक्ति दिएपनि घाँटिलाई भने निकै असर गर्दो रेहेछ, जुन दिन फलफुल खाएर सुतिन्छ नि त्यो दिन खोकी लाग्दो रहेछ, खोकिको असरले छाती मा समस्या हुने गर्छ त्यसैले चिसो चिज खानु हुदैन, फलफुल उसिनेर खाँदा जाति हुने रहेछ ।

ङ) खाना मिठो हुन्छ ? उच्च ज्वरो आएको बेला पटक्कै खाना रुच्दैन, गन्ध र स्वाद थाहा नै हुदैन, भात त देख्नपनि मन लाग्दैन यस्तो अवस्थामा तातो दालको रस, तातो जुस, खान सकिन्छ तर उच्च ज्वरो भएकाले बढी जिउ तताउने खाना खानु हुदैन । मिठो नभए पनि पानीले पेलेर भएपनि पेट सम्म खाना पुर्याउनु पर्छ ।

च) योग गर्न सकिन्छ ? लागेको तीन दिन देखि एघारा दिन सम्म योग गर्न मैले सकिन अरु दिन सकेसम्म गरियो । यदि सधै सक्नु हुन्छ भने सुनमा सुगन्ध ।

छ ) पानी कति खाना ? मैले एक पटक toilet गएपछि एक गिलास तातो पानि नियमित रुपमा खांदै आएको छु र सबै भन्दा खाना सजिलो पानी हो शरीरमा पानी भएपछी खुसि महशुस हुदो रहेछ ।

ज) बाफ लिने छाती बचाउने एउटा उपाय भनेको तातो पानी को बाफ लिने रहेछ । मैले दिनमा ३ पटक र रातिमा २ पटक गरि एक फेरमा १०/१५ minute बाफ लिई रहेको छु l बाफ लिदा नाक र मुख खुल्ने गर्छ र हल्का भएको अनुभूति हुन्छ ।

झ) बेसार पानी, ज्वानो पनि, Ayurvedic धुलो, Cetamole,र अरु पटक पटक प्रयोग गरियो ।

ञ) सामाग्रीहरु:- Thermometer, Pulse oximeter, अन्तमा अहिले अक्सिजनको अभाबले मान्छे छट्पटीएको अबस्थामा हामीले छाती जोगाउन सकिएको खण्डमा कोरोनालाई सजिलै पाखा लगाउन सकिन्छ, छाती जोगाउन: चिसो चिज बाट बच्नु पर्छ, चिसो फलफुल, दहि खानु हुदैन । र कोरोनाले सिकाएको कुरा: कोरोना लाग्नु अघि हेलचेक्र्याइँ गर्नु हुदैन यदि लाग्यो भने आत्मबल, सहनसिलताले र छाती जोगाएर, अरुका नचाहिने कुरा नसुनेर मात्र कोरोना लाई जित्न सकिन्छ ”

स्वस्थ नै धन हो ” : छविलाल पोखरेल (कीर्तिपुर, काठमाडौँ)

२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया