आइतबार ३१ आश्विन २०७८

विवादित दुई विज्ञप्ति राष्ट्रपति कार्यालयको वेबसाइटबाट किन गायब ?

काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटबाट शुक्रबार राति जारी भएका दुवै प्रेस विज्ञप्ति हटाइएको छ । ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको’ शीर्षकमा राखिएका दुवै विज्ञप्ति राष्ट्रपति कार्यालयको वेबसाइटमा छैनन् ।

दुवै विज्ञप्ति क्रमशः जेठ ७ गते राति २३:३८ र जेठ ८ गते बिहान ०१:४९ मा प्रकाशित भएका थिए । नागरिकले ‘कू’ को सं‌ज्ञा दिइरहेका विज्ञप्ति हट्नुलाई आश्चर्य मानिएको छ । राष्ट्रपति कार्यालयको वेबसाइटमा अन्य सूचना र गतिविधि देखिने भए पनि ती दुई विज्ञप्ति मात्र हटाइएको हो ।

 

२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया