मंगलबार १२ आश्विन २०७८

लन्डन । युद्ध मैदानमा साहस र बहादुरीले ब्रिटिश गोर्खाको नाम विश्वभर उच्च छ । म,र्न तयार हुन्छन् तर शत्रुका अगाडि कहिल्यै झुक्दैनन् उनीहरु ।

ब्रिटिश सेनाको स्पेशल एयर सर्भिस् (एसएएस) मा कार्यरत गोर्खाले आफ्नो बहादुरी प्रदर्शन गरेर गोर्खाको नाम पुनः उचो पार्न सफल भएका छन् । चारजना गोर्खाको समूहले सिरियामा १२ जना आतंककारीलाई जिउंदै समातेका ‘डेली स्टार’ ले जनाएको छ ।

सिरियाको सुरक्षित स्थलमा छापा मार्ने क्रममा ति गोर्खाहरुले खुकुरीको सहायताले टाउको छिनाइदिन्छु भन्दै चेतावनी दिएपछि आतंकवादी संगठन स्लामिक स्टेटका बन्दुकधारी आफ्ना हतियारहरु त्याग्न वाध्य भए ।

आतंककारी लुकेर बसेका ठाउंमा दोभासेले भने, ‘ति गोर्खा नेपालको पहाडी भागबाट आएका हुन् । उनीहरु प्रसिद्ध योद्धा हुन् जो मर्न डराउंदैनन् र यदि उनीहरुले समाते भने खुकुरीले तिमीहरुको शिर छिनाउनेछन् ।’

त्यसपछि घरको झ्याल खुल्यो र आतंकारीहरुले हतियारहरु बाहिर फ्याँकेको रक्षा श्रोतलाई उल्लेख गर्दै डेली स्टारले जनाएको छ ।

यो पनि पढ्नुहोस्
अस्ट्रेलियाले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न ७० लाख डलर सहयोग गर्ने
सिड्नी । आफ्नो देशमा कोभिड १९ नियन्त्रणमा सफलता हात पारेको अस्ट्रेलियाले नेपालाई कोभिड विरुद्ध लड्न ७० लाख बराबरको स्वास्थ्य सामाग्रि उपलब्ध गराउने भएको छ ।

अस्ट्रेलियन एड मार्फत दिईने उक्त रकम नेपाल स्थित संयुक्त राष्ट्रसंघीय निकाय र अस्ट्रेलियन परियोजनासंग साझेदार संघसस्थासंग समन्वयन गरि उपलब्ध गराइने अस्ट्रेलियन सरकारले जनाएको छ ।

अस्ट्रेलियाकी परराष्ट्र मामिला सम्बन्धी मन्त्री मरिस् पेअन र अन्तरष्ट्रिय बिकास र प्रसान्त क्षेत्र मामिला सम्बन्धी मन्त्री जेड से सेल्जाले शुक्रवार जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ, “कोभिड प्रभावित एशियाका नेपाल सहित बंगलादेश र श्रीलंकालाई पनि सहयोग गर्नै छौ।”

अस्ट्रेलियाले नेपालाई मेडिकल सामाग्री खरिदका लागि उपलब्ध गराएको ७० लाख डलरले अक्सिजन, भेन्टिलेटर, पीपीई र कन्ट्याक्ट ट्रेसिङका उपकरणहरु किन्नुपर्नै छ । साथै यो रकम कोभिड नियन्त्रणमा उपयोगिहुने तालिमा संचालनका लागि पनि खर्च गरिने छ ।

 

अस्ट्रेलियामा रहेका नेपाली दुतावास, महाबाणिज्य दुतको कार्यालयहरु, गैर आवासयि नेपाली संघ र समुदायिक संस्थाहरुले यहाँका राजनीतिज्ञहरुलाई सम्पर्क गरेर नेपालमा सहयोग गर्न आग्रह गरेका थिए ।

अस्ट्रेलियाको पुरानो नेपाली सामुदायिक संस्था नेप्लिज अस्ट्रेलियन एसोसिएन ले प्रधानमन्त्री, बिदेशमन्त्री, मन्त्रीहरू, नेपाल अस्ट्रेलिया संसदिय समुहका सह अध्यक्षहरु र स्थानिय संसदहरुलाई नेपालमा सहयोगको आग्रह गरेर पत्र लेखेको थियो ।

यस्तै फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसियसन फेन्का, साउथ वेस्ट सिड्नी नेप्लिज कम्युनिटि लगएतले सहयोगको आग्रह गरेर प्रधानमन्त्रीलाई पत्र लेखेको थियो ।

७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया