शुक्रबार ०१ आश्विन २०७८

जेठ, कावासोती । नेपाली सेना लिएर हिडेको बोलेरो जिप नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरको कावासोतीमा दुर्घटना भएको छ । सल्यानबाट काठमाण्डौ जाँदै गरेको भे १ ज ३८४ नम्वरको जीप आइतबार बिहान अन्दाजी साढे ६ तिर कावासोतीको खरकटटमा दुर्घटनामा परेको हो । सवार १२ जना मध्ये ६ जना सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते ६ जना मध्यबिन्दु जिल्ला अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भइसकेका छन् । सामान्य घाइते हुनेहरुमा सल्यानमा रहेको श्री सबुज गणका कार्यरत रहेका धादिङ धुन्चे नगरपालिका २ बस्ने वर्ष ४० का हवल्दार राजकुमार सापकोटा, काभ्रे धुलीखेल नगरपालिका ११ बस्ने वर्ष ३१ का सन्त तामाङ, बनेपा ८ बस्ने वर्ष ३३ का केशर मगराती, तनहुँ व्यास १ का मंगल विक, खैरेनी तनहुँ ६ का विकास परियार र नुवाकोटका हरिचन्द्र सिटौला रहेका छन् ।

१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया