मंगलबार १२ आश्विन २०७८

कोरोनाको पहिलो लहर चल्दा एक वर्षअघि बाँके संक्रमणको केन्द्र बनेको थियो । त्यतिबेला संक्रमितको उपचारमा कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा कार्यरत डा. शिशिर खड्का र डा. गोमा रिमालले बिरामीको सेवा गरे । दुवैले संक्रमितको उपचारलाई ध्यान दिए ।

संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र पीपीई लगाएर भौतिक दूरी कायम राखी उपचारमा खटिए । तर दुवैको मनको दूरी भने नजिकिँदै गयो । कोरोनाको त्रास, नियमित उपचार गर्नुपर्ने बेला एक्लोपन महसुस गर्न नदिने साथी बने । दुवै प्रेममा बाँधिए । गत वर्षको कोरोना लहरमा अं’कुरा’एको चिकित्सक जोडीको प्रेम संक्रमण कम भएका बेला मौलाउने अवसर पायो । जिल्लामा अहिले कोरोनाको दोस्रो लहर व्या’पक छ ।

दुवैको प्राथमिकता संक्रमितको उपचार नै हो । यही बेला उनीहरूले विवाह गरेका छन् । सम्बन्धले वैधानिकता पाएको छ । काम गर्ने समय, परिवेश, अवस्था भने गत वर्षको जस्तै छ । शिशिर र गोमाले बिहे गरेको एक महिना पनि पूरा भएको छैन । उनीहरूले यसबीच ‘ह’नि’मु’न’ मनाउन नपाएको बताए । दुवै एक वर्षदेखि उपचारमा निरन्तर छन् । अहिलेलाई ह’नि’मु’न जाने योजना थाती राखेको उनीहरूले बताए । कर्ममै रम्ने दम्पतीको अहिलेको खुसी बिरामीको उपचारमा छ । आफूले उपचार गरेका बिरामी निको भए खुसी साट्छन् । ‘बिरामी ब’चेर घर फर्काएको दिन ह’नि’मु’नवाला खुसी महसुस हुन्छ,’ गोमाले भनिन् ।

गोमा गा’इ’नो’को’लो’जि’स्ट हुन् । शिशिर एने’स्थे’सि’यन । उनीहरूको विशेषज्ञता एकअर्काको भन्दा फरक छ । तर परिस्थितिअनुसार परिपूरक बनेका छन् । गोमाले प्र’सू’ति गराउँदा शिशिरको धेरैपटक सहारा लिएको बताइन् । यहाँसम्म कि उनले गर्दा नै गोमाका अधिकांश ग’म्भी’र प्रकृतिका ग’र्भ’व’ती बचाउन सफल भएका छन् । कोरोना संक्रमित ग’र्भ’व’ती, उ’च्च र’क्त’चा’प र र’ग’त ब’ग्नेजस्ता ज’टि’ल प्रकृतिका समस्या आइपर्छ । यतिबेला आईसीयू हेर्ने शिशिरले बेलैमा साथ दिएर बिरामी बचाएको गोमाले बताइन् । ‘केही भइहाल्यो भने उहाँलाई नै भन्छु,’ उनले भनिन्, ‘बिरामीले नै हामीलाई एकसाथ बनाएका छन् ।’

अस्पतालमा को’भि’डका बिरामीको चा’प बढ्दो छ । स्वास्थ्यकर्मीको जनशक्ति कम छ । अस्पतालको होस्टलमा बस्दै आएका उनीहरू अहिले पालैपालो ड्युटीमा खटिएका छन् । संक्रमितको उपचार गर्दागर्दै दुवै जना आफैं पनि संक्रमित भए । केही साता घरमै बसेर उपचार गरे । तर पीसीआर जाँच गराएनन् । सामान्य लक्षण देखिएकाले आफ्नो उपचार आफैं गर्दै बिरामीको सेवा गरिरहे । ‘पीसीआर गर्दा पोजिटिभ आयो भने १० दिन बिदामा बस्नुपर्छ । बिदा बस्दा संक्रमितको उपचार गर्न पाइँदैन भनेर जाँच नै नगराई ड्युटी पूरा गर्‍यौं,’ उनीहरूले अनुभव सुनाए ।

डा. शिशिरले आफ्नो बिहेलाई ‘कोभिड स्पे’सल वि’डि’ङ’ भनेर रमाइलो उपनाम दिएका छन् । धेरै साथीलाई थाहै नदिई सुटुक्क बिहे गर्नुपर्दाको क्षण, बिहेमा पनि मास्क र सेनिटाइजरको भरोसा र ह’नि’मु’न पनि अस्पतालमै । यी सबै उनका लागि अविस्मरणीय पल हुन् । यदि कोरोना संक्रमण नभएको भए सायद यो नवजोडी कैयौं दिन बिदा लिएर घुमफिरमा निस्किन्थ्यो । ८० नाघेका बुबाआमालाई साथमा राखेर हेरचार गर्ने मन हुँदाहुँदै पनि उनीहरू घर जान पाएका छैनन् । बिहे गरेको तेस्रो दिनमै उनीहरू अस्पताल आए ।

दैलेख घर भएका सासूससुरालाई बुहारीले एक छाक खाना पकाएर खुवाउन नपाउँदा गोमा कताकता दु:खेसो पोख्छिन् । ‘न सँगै राख्ने स्थिति छ, न घर जाने अवस्था,’ शिशिरले भने, ‘अहिले मान्छे ब’चा’उनुबाहेक अरू केही दि’मागमा आउँदैन ।’ कोरोना संक्रमण भएका ग’र्भ’व’तीको प्र’सू’ति गराउन व्यस्त गोमाले पछिल्लो समय झन् सं’वे’द’न’शी’ल भएर ड्युटी गर्नुपरेको अनुभव सुनाइन् ।

लकडाउन, संक्रमणको ड’रलगायत कारणले धेरैजसो ग’र्भ’व’ती मिति नाघेपछि प्रसूति गर्न अस्पताल आउँछन् । यसले ज’टि’ल’ता ल्याउन थालेको उनले बताइन् । यद्यपि, श’ल्य’क्रि’या गरेर भए पनि आमा र बच्चा दुवैलाई सुरक्षित गर्न सकिएको उनले सुनाइन् । यहाँ वैशाखयता २ जना ग’र्भ’व’ती’को मृत्यु भएको छ । कान्तिपुर दैनिकमा मधु शाहीले समाचार लेख्नुभएको छ ।

१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया