शनिबार ०२ आश्विन २०७८

काठमाडौं । भारतीय वायुसेनाको मिग २१ लडाकू विमान पञ्जाब राज्यको मोगा जिल्लाको लाङ्गियाना गाउँ नजिक दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा पाइलट अभिनव चौधरीको मृत्यु भयो । उक्त विमान राजस्थानको सूरतगढ एयरबेसबाट उडान गर्यो तर पञ्जाब पुग्ने बित्तिकै दुर्घटनाग्रस्त भयो ।

जहाज गाउँको आवासीय क्षेत्रबाट टाढा मैदानमा खसेको थियो । पाइलट अभिनव चौधरीको त्यहाँ मृत्यु भयो । उनको लाश खेतमा रहेको थियो । यो दुर्घटना गत राति भएको हो । यो दुर्घटनाबारे वायुसेनाले पनि पुष्टि गरेको छ । वायुसेनाले दुर्घटनाको छानबिनको आदेश दिएको छ ।

प्राप्त जानकारीका अनुसार पाइलट अभिनव चौधरी राजस्थानको सूरतगढ एयरबेसबाट जगराउँको नजिकै ईनायतपुरा उडेका थिए । अभ्यासका लागि भएको उडानमा पाइलट अभिनव चौधरी इनायतपुराबाट सूरतगढको लागि उडेका थिए ।

उनी सवार विमान मोगाको गाउँ लाङ्गियाना नजिक दुर्घटनाग्रस्त भएको हो । भगवानको कृपाले विमान गाउँको घरहरू देखि केवल ५०० मिटर मैदानमा खस्यो । त्यसकारण गाउँमा कुनै जनधनको क्षति भएको छैन तर यस दुर्घटनामा पाइलट अभिनव चौधरी रहेनन् ।

वरिष्ठ उपरीक्षक गुरदीप सिंहले भने कि मोगा जिल्लाको लाङ्गियाना गाउँ नजिकै विमान दुर्घटना भएको कन्ट्रोल रूमबाट सन्देश आएको जानकारी गराएका छन् ।

मोगाका वरिष्ठ उपरीक्षक हरमनबीर सिंह गिल र सबै शीर्ष प्रहरी अधिकारीहरू घटनास्थलमा पुगेर पाइलटलाई फेला पार्न छुट्टै टोली गठन गरेका छन् । उनले भने कि बठिन्डा एयरफोर्स र हलवारा एयरफोर्सको टोली पनि घटनास्थल पुगेका थिए जसले पाइलट अभिनव चौधरीलाई खोज्न शुरू गरे ।

उनले भने कि झण्डै ४ घण्टाको प्रयास पछि पायलट अभिनव चौधरीको लाश मैदानबाट फेला पारियो । एसपी मुख्यालयले जनाएको छ कि अभिनव चौधरी अभ्यासको लागि जागरसको इनायतपुरा एयरटबसबाट सूरतगढ उडेका थिए । त्यसपछि उनी फेरि सूरतगढ जाँदै थिए, तब यो घटना भयो । अभिनव सिकारु पाइलट थिए ।[][]

१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया