सोमबार २७ बैशाख २०७८

काठमाण्डौं आइपुगेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले काठमाण्डौ आएपछि एक गीत गाएका छन् । उनले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मन्तब्य राख्नेक्रममा उनले उक्त गीत गाएका हुन् ।

विप्लवले कर्णाली प्रदेशमा गाइने एक देउडा गीतको उदाहरण दिदै उक्त कुरा सुनाएका हुन् । उनले आफू र सरकारको अवस्था जुन र घामजस्तो कहिल्यै नभेटिने भएको थियो तर अहिले घाम र जुनको मिलन भएको बताएका हुन् ।

शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले आज राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’मा हस्ताक्षर गरेका थिए ।

दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीनबूँदे सहमति भएको थियो ।

१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया