आइतबार ३१ आश्विन २०७८

सप्तरीमा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु राजविराज सप्तरीमा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ।

कञ्चनपुर नगरपालिका-९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीय कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीय रोशनीको डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहका अनुसार स्थानीय सन्तोष यादवको पोखरीमा स्नान गर्न करमा पोखरीमा डुबेर मृत्यु भएको बताए ।

उनका अनुसार स्नान गर्न गएकी उनीहरू पोखरीमा डुबेपछि स्थानीयहरूले थाह पाएर परिवारका व्यक्तिहरूलाई खबर गरेका थिए । उनीहरूलाई तत्काल पोखरीबाट निकालेर कञ्चनपुर नपा–१२ स्थित धर्मेश्वर हस्पिटलमा उपचारका लागि लगेका थिए ।

तर अस्पतालले ती दुवै जना युवती मृत भइसकेकोले भर्ना लिएनन् । प्रहरीका अनुसार दुवै जनाको शव पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ।

यो पनि पढ्नु होश

काठमाडौं । विश्व दूरसञ्चार दिवस को अवसर पारेर नेपाल टेलिकमले आजबाट फोरजी मा आधारित भ्वाइस ओभर (भिओ)एलटिई

सेवाको परीक्षण सुरु गरेको छ । यो सेवाबाट फोरजी मोबाइल मा हाई डेफिनेसन (एचडी)भ्वाइससहित ग्राहकहरुले सेवा मा गुणस्तर थपिएको

महसुस गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ । टेलिकमको यो सेवा प्राप्त गर्न तपाईंको मोबाइल भिओ एलटीई सपोर्ट गर्ने खालको हुनुपर्छ ।

कसरी एक्टिभ गर्ने

भिओ एलटिई सेवा प्राप्त गर्न मोबाइलमा *४४४#डायल गर्नुपर्छ । त्यसपछि आउने निर्देशनअनुसार यो सेवा एक्टिभ गराउन सकिन्छ । त्यसपछि मोबाइलको सेटिङमा गएर भिओ एलटिई कल फर एनटिसी सिम

समेत इनेबल गर्नुपर्छ ।यो प्रक्रिया पूरा गरेपछि तपाईंको मोबाइल सेटमा भिओ एलटिई एक्टिभ रहेको संकेत देखापर्छ । त्यसपछि *१११# डायल भयो भने भ्वाइस ओभर (भिओ) एलटिई सेवा उपयोग गर्न सकिन्छ । यो एकपटक एक्टिभ भएपछि २८ दिनसम्म जम्मा १०० मिनेट निःशुल्क सेवा प्राप्त गर्न सकिन्छ ।

कुन–कुन मोबाइल सेटमा सपोर्ट गर्छ ?

नेपाल टेलिकमका अनुसार प्रिपेड र पोस्टपेड दुवै प्रकारका सिममा भिओ एलटिई सेवा प्राप्त हुन्छ । तर यो सेवा सपोर्ट गर्ने÷नगर्ने भन्ने कुरा तपाईंको मोबाइल सेटमा भर पर्छ।हाललाई सामसुङ, शाओमी र नोकिया ब्राण्डका निश्चित मोडेलहरुमा यो सेवा उपलब्ध छ ।

 

 

६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया