Friday, October 30

अभिनेता आर्यन सिग्देल श्रीमती र काखे छोरासहित लकडाउनपछि थानकोट फर्किए आमासँग खेत खन्दै,

July 29, 2020 303

कोरोना भाइरसको संक्र मण फैलिन नदिन सरका’रले लकडाउन घोषणा गरेपछि लामो समय’देखि काठमाडौं’मा बस्दै आएका अभिनेता आर्यन सिग्देल श्रीमती र काखे छोरासहित लकडाउ’नपछि थानको’ट फर्किएका छन् ।

त्यहाँ उनको आमा-बुबा बस्ने गर्दछन् । उनी अब स्थिति सा’मान्य भएपछि मात्र काठमाडौं फर्किने सोचमा छन् । लकडाउ’नको समय उनले खेतमा काम गरेर सदुपयोग गरिरहेका छन् ।

गत वर्ष ‘हजार जुनीसम्म’ र ‘चच हुईं’ चलचित्रमार्फत् दर्शकसँग साक्षात्कार गरेका उनले बिहीवार आफ्नो आधिकारिक इन्स्टाग्राममा आमासँग खेतमा काम गर्दै गरेको तस्विर साझेदार गरेका छन् ।

उनी कुटोले तरकारी रोप्नका लागि खेत खन्दै गरेको देख्न सकिन्छ । छेवैमा उनकी आमा छिन् । अभि’नेता आर्यनले खेतमा काम गर्दै गरेको तस्विरलाई उनका प्रशंस’कले प्रेरणादायक भनेका छन् ।

हरिश सिग्देल यस’री बन्न पुगे आर्यन सिग्देल :

नेपाली फिल्म क्षेत्रमा ‘चकलेटी नायक’ को उपमा पाएका आर्यन सिग्देल अनपेक्षित रूपमा आफू कलाकारितामा आ’एको मान्छन् । साथीको उक्सा’हटमा अभिन’यमा कदम हालेका उनी अन्ततः यही क्षेत्रमा रमाए र समय क्रममा स्थापित भए।

‘फिल्ममा नआएको भए सायद आर्मी वा लोकसेवा लडेर सरकारी जागिरे हुन्थेँ होला’, आर्यन भन्छ’न् । आर्यनको फिल्मी करिअरको सन्दर्भ उनकै बाेलीमा :

म कहिल्यै कुनै कुरा योजना बनाएर गर्दिनँ । अभि’नयमा पनि म योजना बनाएर छिरेको होइन । म जे कुरा अगाडि आउँछ, त्यो गर्ने मानिस हुँ । अभिनयमा प्रवेश त्यस्तै किसि’मले भयो । क’लेज पढ्दा निराजन सिग्देल भन्ने साथी थियो ।

उसले मलाई ‘तँ राम्रो नि छस्, गर्न सक्छस्’ भनेर परिवर्तन नेपाल जान कर नगरेको भए आज म अन्तै अरु नै केही गर्दै हुन्थेँ होला । कलेजमा पहि’लो वर्ष सकि’एपछि केही स’मय ग्याप भएको बेला साथीले रमाइलो हुन्छ भनेपछि म उद्देश्य बिना गएको थिएँ ।

त्यहाँबाट सुरू भएको नाच्ने तथा सडक नाट’कको यात्रा यहाँसम्म आइपुगेर दर्शक’को मायाले आर्यन बन्न सफ’ल भएको हुँ। कलेज पढ्दै गर्दा मसँग कुनै लक्ष्य थिएन । म काँठ क्षेत्रको मान्छे । काँठको धेरैजसो मान्छेको उद्देश्य पढेर सर’कारी जागिर खाने नै हुन्थ्यो । तर, त्यो बेला विद्यार्थी भएकाले कुनै लक्ष्य नसो’ची पढिरहेको थिएँ । म आर्मी कलेज पढेकाले आर्मीमा जान सक्थेँ।

म अनपेक्षित रूपमा अभि’नेता बनेको हुँ । यो क्षेत्रमा आएपछि भने कुनै एउटा समूहको जिम्मा लिनु रहेछ । अर्थात् मासको सिम्बोल बनिने रहेछ । समग्रमा अभिनेता हुनु भनेको मास’लाई मनो’रञ्जन दिएर खुसी तुल्याउने काम रहेछ।

थानको’टबाट यहाँ आउँदा हरिश सिग्देल भन्ने व्यक्ति अझै पनि मभित्र जस्ताको तस्तै छ । अभिनयले मलाई व्यक्तिका रूपमा खास परिवर्तन गरेको छैन । पहिला पनि म एक्लै बस्न रूचाउँथे, अहिले पनि त्यस्तै छु । काम नभएको बेला घर’मै बस्न रुचाउँछु । प’हिला पनि मास फेस गर्नुपर्दा नर्भस हुन्थेँ, अहिले पनि हुन्छु।

नेपाली फिल्म निय’मित हेर्थेँ । त्यो बेला थानकोटमा पनि हल थियो । शनिबार बुवाको फुर्सद हुने भएकाले ‘आ’उटिङ’ जाने भएपछि नयाँ फिल्म ला’गेको छ भने पहिलो रोजा’इमा फिल्म नै हेरिन्थ्यो । त्यहाँ छैन भने म विश्वज्योति हल पुगेर पनि फिल्म हेर्थेँ ।

त्यतिबेला म निता’न्त दर्शक थिएँ, फिल्म खेल्छु भनेर मनको कुनै कुनामा पनि थिएन । तर, फिल्म हेरेर फर्के’पछि कोठा बन्द गरेर फिल्ममा बाल कलाकार रहेछ भने त्यसको र डान्सको दुई–चार स्टेपको नक्कल गर्थेँ।

फिचर फिल्ममा काम गर्नु’अघि म भिडियो सिरियल गर्थेँ । त्यस क्रममा नेपाली फिल्मको खस्किँदो स्तरले दिक्क लाग्थ्यो । सिरियलहरूमा काम गरिरहँदा फिल्म गर्दिनँ भन्ने नै सोच ‘थियो सबैला त्यसै भन्थेँ ।

‘हाउसफूल’ सिरियल गरिरहँदा अभिनेत्री ऋचा घिमिरेलाई छवि ओझाले त्यो केटा कस्तो रहेछ भनेर सोध्नुभ’एको रहेछ । पहिलो प्रस्ताव ‘किस्मत’का लागि भन्दा पनि त्यसअघि बनेको ‘हिम्मत’को लागि थियो । मैले मेरो सिरिय’लका सिडीहरू छो’डिदिएको थिएँ । ‘हिम्मत’मा काम नभएपछि सिरियलमै व्यस्त भएँ । पछि फेरि छ’वि सरले फोन गरेर डाइरेक्टरसँग आएर भेटिहाल भन्नुभयो।

मलाई त्यो समयमा निर्देशक उज्ज्वल घि’मिरेको पनि फोन आयो । उहाँले ‘ल बाबु मेरो घर आऊ, मेरो फि’ल्म गर्नुपर्‍यो । छविले नयाँ केटा खोज्या छ रे, म पहिला तिम्रो कुरा गर्छु’ भन्नुभयो ।

म त्यतिखेर ‘खुसी पलभरको’ गरि’रहेको थिएँ, त्यसमा मेरो नाम आर्यन सिग्देल थियो । छवि सरलाई दिएको ‘हाउसफूल’को सिडीमा भने हरिश सिग्देल थियो । म उज्वल सर’कोमा जाँदा उहाँले छविले हरिश भन्ने के’टा खोजेको छ रे भन्नुभयो । मैले हरि’श भन्ने मान्छे पनि म नै हो भनेँ । यसरी दुवैको रोजाइमा परेपछि ‘किस्मत’ मेरो डेब्यू फिल्म बन्यो।

बाहिरतिर पनि त्यस्तै देखिर’हेकाले त्यसबेला लहड चल्यो । अनि यो हरिशभन्दा आर्यन नाममा वजन र ग्ल्यामर पनि देखेँ । आर्य आर्य भन्दाभन्दै आर्यन नाम दिमागमा ब’स्यो । त्यही भएर यहीँ नाम राखेँ।

फिल्म गर्ने भएपछि प्रोडक्स’नबाट ड्रेसको लागि अफिस आऊ भनियो । म जाँदा रेखा त्यहीँ थिइन् । छवि सर’ले उहाँ रेखाजी भनेर चिनाउनुभयो । मैले चिन्छु भनेँ । त्यो बेला मसँग अलिकति ‘एटिट्युड’ थियो । मैले रेखा’लाई पहिलो भेटमै सहजै तिमी भनि’दिएँ ।

सुरूमै तिमी भने’पछि रेखा त्यसबेला ट्वाँ परिन् । पहिलो भेट भए पनि मलाई सेलुलोइड फिल्मको त्यति महत्व नभएर त्यसरी बोलेको थिएँ । यो कुरा रेखाले मला’ई पछि भनिन् । त्य’हीँदेखि हामी राम्रो साथी बन्यौं।

परिवारबाट एक थो’पा पनि साथ थिएन । २/३ वटा फिल्म रिलिज भएपछि र हिट भएपछि मात्र ड्या’डीले एप्रिसिएट गर्न थाल्नुभयो । त्यसअघि चाहिँ ‘काम न काज खाली आवारा भएर हिँडेको छ’ भनेर गाली सुन्नुपर्थ्यो । सुटि’ङका का’रण कहिले हप्ता त कहिले महिनासम्म घर बाहिर हुन्थेँ । अहिले भने खुसी हुनुहुन्छ।

सन्तुष्ट छु । म फि’ल्ममा काम गर्न सुरु गर्दा हाम्रो इन्डस्ट्री राम्रो होस् भन्ने थियो, जुन पहिलेको तुल’नामा धेरै राम्रो भएको छ । मलाई कुनै यस्तो वा त्यस्तो’ चरित्र गर्न पाए हुन्थ्यो भन्ने छैन । बनेको फिल्म समग्रमा राम्रो हुनुपर्छ भन्ने मेरो मान्यता र बुझाइ हो ।

मैले फिल्म गर्दा फिल्म’को स्क्रिप्ट माग्यो र नदिएपछि छोड्यो भन्ने आरोप ममाथि लाग्थ्यो । मेरो लागि फिल्ममा मेरो भूमिका गजब छ भन्ने कुराले अर्थ राख्दैन, बरु फिल्मको पहिलो दृश्य’देखि अन्तिम दृश्यसम्म हुने कुरा र कस्ता पात्रले के गर्छन् भन्ने कुरा ठूलो लाग्छ । तिनै चिज हेरेर फिल्म गरेकाले म आफ्नो काम’बाट सन्तुष्ट छु।

पाँच वटा खराब फिल्मको नाम सोधे’मा भन्न सकूँला, राम्रो भन्न गाह्रो छ । मलाई मन परेका फिल्महरु भन्दा ‘मेरो एउटा साथी छ’, ‘कसले चोर्‍यो मेरो मन’, ‘फस्ट लभ’, ‘धुवाँ– यो एक नशा’, ‘क्लासिक’, ‘माला’, ‘होमवर्क’, ‘नोभेम्बर रेन’ र ‘आई एम सरी’ पर्छन्।

चल्यो भन्दा खु’सी लाग्नु र चलेन भन्दा दुःख लाग्नु स्वाभाविकै हो । तर, मलाई फिल्म चल्यो–चलेनभन्दा प’नि मेरो फिल्म व्यापारिक रूपमा नचले पनि हेर्नेहरुले आर्यनको काम राम्रो छ भन्दा चाहिँ धेरै खु’सी लाग्छ ।

नराम्रो प्रतिक्रिया पाउँदा अर्को प्रोजेक्ट’मा काम गरेर देखाउँछु भनेर मन बुझाउँछु। राम्रो स्क्रिप्ट बोकेर आउने जोकोहीसँग पनि म काम गर्न तयार हुन्छु । त्यस’माथि प्रायः राम्रा निर्देशकह’रूका फिल्म गरिसकेकाले रहर बाँकी छैन । जस’को भए पनि राम्रो फिल्म गर्न पाऊँ, त्यत्ति हो।

प्रतिकृया दिनुहोस्