मंगलबार १२ आश्विन २०७८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक शंकर सुवेदीको निधन भएको छ।

कोरोना भाइरस संक्रमण देखिएपछि उपचार गराइरहेका उपप्राध्यापक सुवेदीको आज निधन भएको हो।

सुवेदीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको थियो।

उपप्राध्यापक सुवेदीको निधन भएको विभागीय प्रमुख जीवलाल सापकोटाले पुष्टि गरेका छन्।

dainik online

विराटनगर / नम्बर नखुलेको सवारी साधनले स्कोरपिओलाई ठक्कर दिँदा मोरङको पथरीशनिश्चरेमा भएको दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिरामी आफन्तलाई हेर्नका लागि मोरङको कानेपोखरी आउने क्रममा बुधबार राति १२ बजेतिर भएको दुर्घटनामा स्कोरपिओमा सवार अरु तीन जना घाइते भएका छन् । दुई जनाको अवस्था चिन्ताजनक छ ।

 

बिरामी आफन्तलाई हेर्न आएका पाँच जना सवार रहेको मे १ च १८५१ नम्बरको स्कोरपिओ गाडी पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ जय चोकमा दुर्घटनामा परेको हो । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार दुर्घटनामा झापाको झापा गाउँपालिका–५ का ५३ वर्षीय लक्ष्मीप्रसाद पौडेल र मोरङको रङ्गेली नगरपालिका–३ रञ्जनीकी ७६ वर्षीया विष्णुमाया शिवकोटीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमध्ये विष्णुमाया लक्ष्मीप्रसादकी सासूआमा हुन् ।

 

दुवै जनाको शवलाई पोस्टमार्टमका लागि मोरङ उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ । दुर्घटनामा परेर स्कोरपिओ चालक झापा बिर्तामोड नगरपालिका–२ चारपानेका ३३ वर्षीय विकाश उप्रेती, झापा गाउँपालिका–२ की ४५ वर्षीया विनिता पौडेल र झापा हल्दिबारी गाउँपालिका–५ का २५ वर्षीय रोशन उप्रेती घाइते भएका छन् । घाइतेहरुको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये विनिता र रोशनको अवस्था गम्भीर छ । चालकको अवस्था सामान्य रहेको एसपी शर्माले बताए ।

 

मृत्यु हुने लक्ष्मीप्रसाद स्कोरपिओ चालक विकाशका सासुरा र विष्णुमाया बूढीसासू हुन् । घाइतेमध्ये विनिता लक्ष्मीप्रसादकी श्रीमती एवं विकाशकी सासूआमा हुन् । रोशन विकाशका काकाको छोरा भाइ हुन् । सामान्य अवस्थाका घाइते विकाशका अनुसार मोरङको कानेपोखरी गाउँपालिका–२ मा बिरामी हेर्न आउने क्रममा दुर्घटना भएको हो । कानेपोखरीमा विकाशका सानोबुवा ससुरा गम्भीर बिरामी थिए ।

अवस्था निक्कै जटिल बनेको खबर पुगेपछि आफन्तहरु भेला भएर हेर्नका लागि आउने क्रममा दुर्घटनामा परेको र बिरामीलाई हेर्न जान नपाएको जानकारी विकाशले दिए । बिरामी सानोबुवालाई हेर्न आउने क्रममा पथरीशनिश्चरे आइपुगेपछि एक्कासि अगाडि कुनै सवारी साधनको लाइट बलेको र त्यसले आफूहरु चढेको गाडीलाई ठक्कर दिएको उनले बताए । एक्कासि अगाडि आएको गाडीबाट आफ्नो स्कोरपिओ जोगाउने प्रयास गरिए पनि सम्भव नभएको उनको भनाइ छ । दुर्घटना गराउने अर्को सवारी साधनलाई पनि उनले चिन्न सकेनन् ।

९० पटक हेरिएको

तपाईको प्रतिक्रिया