आइतबार ०३ आश्विन २०७८

काभ्रे : स्वास्थ चौकीका लागि ढुंगा लिएर जाँदै गरेको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बुधबार (आज) काभ्रेको चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउरालीमा दुर्घटना हुँदा टिपर चालक रामेछाप सुनापती गाउँपालिका–१ (साबिक ढोडिनी) का १९ वर्षीय विनोद शिबभक्तीको मृत्यु भएको ​चौरीदेउराली गाउँपालकाका अध्यक्ष दिननाथ गौतम ‘प्रयास’ले जनाकारी दिए।

दुर्घटनामा चालकको मृत्यु र रामेछाप सुनापति गापाकै ४५ वर्षीय रामबहादुर बम्जन गम्भीर घाइते भएका उनले जनाकारी दिए। गम्भीर घाइते बम्जनलाई उपचारका लागि जिल्ला अस्पताल पठाएको उनले बताए।

बा५ख १५२४ नम्बरको टिपर स्वास्थ्य चौकीको लागि ढुंगा लिएर जाँदै गर्दा उकालो बाटोमा ब्याक भएर सडकबाट खसेको थियो।

काठमाडौं । विहिवार राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनेका बादलको भविष्यको फैसला हुँदैछ । निर्वाचनको समय नजिक आइसक्दा पनि नेकपा एमाले भित्रकै विवाद मिल्न नसक्दा उनको जित अनिश्चित बनेको छ । नेकपाको माधव नेपाल पक्षले वादललाई भोट दिन नसकिने जनाउ दिइसकेको छ । माधव नेपालले नै सांसदहरु स्वतन्त्र रुपमा निर्णय गर्न सक्ने भन्दै अभिब्यक्ति दिएका छन् ।

नेपालकै प्रस्तावमा उम्मेदवार बनेका अर्का ब्यक्ति डा खिमलाल देवकोटा पनि एमालेकै हुन् । उता राष्ट्रिय सभा सदस्य अन्यौलमा परेका वादललाई फेरी अर्को समस्या पनि थपिएको छ । गैरसांसद भएपनि मन्त्री नियुक्त भएका ७ मन्त्रीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा दुई रिट दायर भएको छ । अन्तरिम आदेश माग गर्दै ती रिट दायर भएको हो ।

सांसद विना नै गृहमन्त्री वनेका बादल लगायत ७ मन्त्रीको नियुक्ति वदर माग गर्दै अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले यो विषयमा अन्तरिम आदेश माग नभएकाले हाललाई बोल्नुनपर्ने आदेश दिएको थियो ।

आजको रिटमा अन्तरिम आदेश माग गरेकाले उही विषय भए पनि अधिवक्ताहरू कपिलदेव ढकाल र विराज थापाको सर्वोच्च प्रशासनले स्वीकार गरेको हो ।

सांसद नभए पनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी तथा सरसफाइ मन्त्री मणि थगापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा तामाङ छन् । प्रधानमन्त्रीले विश्वासको मत पाउन नसक्दा स्वतः उनीहरु पदमुक्त भएका थिए । त्यसपछि पनि पुनः ओलीकै नेतृत्वमा सरकार बनेपछि उनीहरु पनि दोहोरिएका हुन् ।

८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया