Friday, December 4

वैवाहिक सम्बन्धमा विश्वास नगर्ने यी ३ राशि !

July 29, 2020 399

ज्योतोषशास्त्रका अनुसार ३ यस्ता राशि पनि छन् जुन राशिका मानिस विवाह गर्नबाट बच्न खोज्छन्| भविष्यमा पनि यिनीहरुको विवाहिक जीवनमा शान्तिको वातावरण हुँदैन| आफ्नो सम्बन्धलाई लिएर असुरक्षित भावना महशुस गर्छन्| यी मानिसहरुले विवाह गरिहाले भने पनि कुन बेला सम्बन्ध तोड्छन्, थाहा हुँदैन| त्यसैले यी राशिका मानिससँग विवाह गर्नु भन्दा पहिला एक पल्ट राम्रोसँग सोच्न जरूरी छ|

मिथुन राशि

कुनै पनि कुरालाई लिएर यिनिहरुको मन छिन-छिनमा बदलिन्छ| एउटा कुराको लागि लामो समय दिदैनन्| यिनीहरुलाई आफ्नो यस्तो कमजोरीको बारेमा राम्रोसँग थाहा हुन्छ, त्यसैले, विवाहको बन्धनमा बाधिनु अघि निकै विचार गर्छन्| यिनिहरुको यहि स्वभावका कारण पछि वैवाहिक सम्बन्धमा अनेक समस्या आउन सक्छ|

धनु राशि

यस राशिका केटिहरु खासगरी विवाह गर्नबाट बच्न खोज्छन्| किनभने यिनीहरु आफ्नो स्वतन्त्रता गुमाउन चाहदैनन्| यिनीहरुलाई लाग्छ कि विवाहपछि उनीहरुले पहिलाको जस्तो स्वतन्त्रता पाउँदैनन्| यिनीहरु विवाह भन्दा बढि महत्व आफ्नो करियरलाई दिन्छन्| त्यसैले, यिनीहरुको यस्तो बानीले गर्दा विवाह गर्न चाहदैनन्|

कुम्भ राशि

यस राशिका मानिसको स्वभाव रहस्यमय हुन्छ| अन्य मानिस यिनीहरुको कुरा बुझ्न सक्दैनन् वा यी अरुलाई आफ्नो कुरा बुझाउन सक्दैनन्| त्यसैले गर्दा विवाहपछि यिनीहरुको जीवनमा अनेक समस्या आउँछन्| यस राशिका केटिहरुको स्वभाव र चाहत धनु राशिका केटिहरुको जस्तै हुन्छ, जसले गर्दा यिनीहरु विवाहिक सम्बन्धमा बस्न चाहदैनन्|

प्रतिकृया दिनुहोस्