सोमबार ०८ कार्तिक २०७८

काठमाडौं,। नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ ।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा भरी सिलिन्डर गरी सोमबार साँझसम्म ८ हजार ९ सय ९ थान अक्सिजन सिलिन्डर संकलन गरेको हो ।

प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार २६ वैशाखयता सोमबार साँझसम्म देशभरबाट झन्डै ९ हजार अक्सिजन सिलिन्डर संकलन गरिएको छ । भरिएको अवस्थामा रहेका अस्पताल तथा खाली सिलिन्डर अक्सिजन उद्योगलाई दिइएको जानकारी उनले दिए ।

प्रहरीले संकलन गरेका अक्सिजन सिलिन्डरमध्ये भरिएको अवस्थामा रहेका अस्पताल र खाली अक्सिजन प्लान्ट रहेका उद्योगलाई हस्तान्तरण गर्दै आएको छ । ‘सोमबार साँझसम्म ९ हजार थान संकलन भयो,’ प्रहरी केन्द्रीय प्रवक्ता कुँवरले राजधानीसँग भने, ‘तीमध्ये ७ हजार ७ सय २६ थान वितरण गरिएको छ ।’

संकलित सिलिन्डर प्रहरीले सीसीएमसी, डीसीएमसी तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा अस्पताललाई दिँदै आएको हो । संकलन गरिएकामध्ये १ हजार १ सय ८३ थान खाली सिलिन्डर हस्तान्तरण गर्न बाँकी रहेको र ती सिलिन्डर पनि अक्सिजन उद्योगलाई भर्न दिएर अस्पतालमा पठाइने प्रहरीले भनेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

बाँके जिल्लामा केही समय अघि एक युवतीको मृत्यु हुनेगरि भएको सडक दुर्घटना बैंक म्यानेजरसँग डेटिङ गएर फर्कदा भएको खुलेको छ ।

उक्त दर्घटनामा राप्रपा बाँकेकी नेतृ विन्दु चर्तीमगर, राष्ट्रिय वाणिज्य बैंक धम्बोझी शाखाका म्यानेजर विनोद पाण्डे घाइते भएका थिए भने संगिता मगरको ज्या न ग ए को थियो । नेपालगञ्ज कार्यालय भएको सेताखरी अनलाईनले यसबारे समाचार छापेको छ । सो अनलाइन अगिाडि लेख्छ, संगिताका श्रीमान विदेशमा रोजगारी गर्छन् ।

अफिसियल हिसाबले ऋण लगानी गर्नका लागि कहिं जग्गा हेर्न जान लागेका हुन् भन्ने मान्ने हो भने पनि विन्दु र संगिताको जग्गा जमिन शम्शेरगन्ज उता कहिं छैन । नातेदार सोच्ने हो भने बैंक म्यानेजरसँग उनीहरुको कुनै नाता पर्दैन । एउटै गाउँ ठाउँका दिदी बहिनी सोच्ने हो भने एउटै ठाउँका पनि होइनन् उनीहरु ।

२०७७ पुष १५ गते दिउँसो उनीहरु डेटिङ्मा निस्किएका थिए । म्यानेजर पाण्डेले त्यस दिन वाणिज्य बैंकको बा १८ च ३६८६ नम्बरको गाडी ड्राइभरलाई नलगेर गाडी आफै चलाएर लगे ।सेतो खरीका अनुसार बैंक म्यानेजर पाण्डेको ती युवतीसँग कुनै नाता पर्दैन न एउटै गाउँ ठाउँका नै हुन् ।

बैंक म्यानेजर दाङ निवासी हुन् भने विन्दु र संगिता राझाँ निवासी हुन् सधैं बाहिर जाँदा बैंकको ड्राइभरलाई लिएर जाने बैंक म्यानेजरले किन त्यसदिन आफैंले चलाएर गाडी लगे त? दिन ढल्कन लाग्दा विन्दु र संगितालाई लिएर किन निस्किए त म्यानेजर पाण्डे?

भन्ने प्रश्न उक्त अनलाईनले उठाएको छ । बैंक म्यानेजर पाण्डेले चलाएको गाडि फर्कने बेला पूर्वी दिशाबाट आइरहेको वाणिज्य बैंकको टाटासुमो गाडी र पश्चिमबाट पूर्व गइरहेको ट्रक रातीको ८ बजेतिर बाँकेको शम्शेरगन्ज नजिक एक आपसमा ठो कि ए र उक्त दुर्घटना भएको थियो।भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्

९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया