सोमबार ०८ कार्तिक २०७८

काठमाडौ । संक्रमित भएकी आँखारोेग विशेषज्ञ प्रा।डा।पूज्यश्री कार्कीको निधन भएको छ । भाइरस पुष्टि भएपछि डा। कार्कीको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्यमा समस्या बढ्दै गएपछि १० दिनदेखि आइसियूमा उपचारत डा। कार्कीको वुधवार बिहान निधन भएको अस्पतालले जनाएको छ ।

उनी विगत एक दशकदेखि किष्ट मेडिकल कलेजमा आँखा रोग विभागको प्रमुखमा कार्यरत थिइन् । नेपाल मेडिकल कलेजबाट एमबीबीएस गरेकी उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी गरेकी थिइन् । कार्कीको निधनप्रति नेपाल चिकित्सक संघले शोक व्यक्त जारी गरेको छ ।

संघका महासचिव डा। बद्री रिजालले जारी गरेको शोक वक्तव्यमा डा। कार्कीले नेपालको चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको सम्झना गरिएको छ । ‘इमान्दार, लगनशील र निष्ठावान प्रतिष्ठित नेत्ररोग विशेषज्ञ चिकित्सकलाई गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ परिवार अत्यन्तै मर्माहित भएको छ,’ डा रिजालले वक्तव्यमा उल्लेख गरेका छन् ।

१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया