बुधबार ०९ आषाढ २०७८

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ खोल्सी नजिकै सडक खन्ने क्रममा स्थानीय ४५ बर्षीय सरस्वती कुमाललाई खाडलमा पुरिएको छ।

डोजरको ठक्करबाट महिलाको मृ त्यु भएपछि डोजरमा आगजनी भएको छ । डोजरको ठ क्कर पछि घाईते महिलालाई डोजर चालकले खाल्टो खनी पुर्न लागेपछि स्थानीयहरुले डोजरमा आगजनी गरेका छन् ।

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पैदल यात्री त्रिपुरासुन्दरी गाउँपलिका वडा नम्बर १ का ४५ वर्षीय सरस्वती कुमाल घाइते भएको र घाइते कुमाललाइ अपरेटरले खाल्टो खनेर गाड्न खोज्दा मृ त्यु भएको स्थानियको आरोप छ ।

ईलाका प्रहरी कार्यलय ,सल्यानटार ।धादिङ जिल्ला प्रहरी प्रमुखसग गरिएको कुराकानी हामिले हिजोकै शृङ्खलामा पेश गरिसकेका छौ ।प्रहरी प्रमुख रहनुभएका महेन्द्र खड्का भन्छन् कि घटना भएको हिजो तीन दिन भैसकसको थियो र यश घटनाको मुचुल्का उठाइ थप अनुसन्धान भै नै रहेको छ ।त्यश ला`शलाई पुरेर ठाउबाट अस्पताल सम्म लगिएको साथै पिडित पक्ष, विभिन्न धारका राजनितीज्ञ ,वडाध्यक्ष र निर्माण व्यवसायसग कुरा समेत भएको धादिङ प्रहरी प्रमुख महेन्द्र खड्काले जानकारी दिए ।

ती चालक चहि को हुन त भन्ने कौतुहलता भई रहदा आजको यश शृङ्खलामा तिनै चालकको फोटो सार्वजनिक गरिदैछ जो भिडियोको अन्तिमतिर देख्न सक्नुहुनेछ भने सम्पूर्ण घटनाको नालिबेलिनै पेश गर्दछौ ।

हेर्नुस भिडियो सामाग्री:

inews13

२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया