शनिबार १६ साउन २०७८

काठमाडौं । भोलि शनिबार काठमाडौं उपत्यकासहित देशका ठूला शहरहरूमा फिडर लाइन सटडाउन गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले आफ्नो वेभसाइटमा सूचना प्रकाशित गर्दै उक्त क्षेत्रहरूमा बत्ति जाने जानकारी गराएको हो ।

भरतपुर महानगरपालिका-२० दोद्रानी क्षेत्र र वडा नं. २५ बसकट्टामा भोलि फागुन २२ गते विद्युत लाइन अवरुद्ध हुने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै चनौली डिष्ट्रिव्युसन सेन्टरको मेघौली ११ केभी लाइन अपग्रेड गर्नुपर्ने भएको जानकारी दिएको हो ।

निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगाबै लाइन सुचारु गरिने प्राधिकरणको भनाइ छ । त्यस्तै, चपुर सवस्टेशनमा ट्रान्सफर्मर मर्मत कार्यका लागि प्राधिकरणले भोली शनिबार बिहान ८ बजेदेखि १२ बजेसम्म फिडर सटडाउन गरिने प्राधिकरणले जानकारी दिएको छ ।

विराटनगर महानगरपालिका क्षेत्रको वडा नं. २, ३, ४, ८ ९ मा भोलि शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बत्ति जाने भएको छ । उक्त क्षेत्रमा लाइन मर्मतको कार्य भएको कारण फिडर सटडाउनमा राखिने भएको हो ।

त्यस्तै, विराटनगर महानगरकै वडा नं. १, २, ३ र १९ र ग्रामथान गाउँपालिका क्षेत्रमा लाइन मर्मत गरिने भएकोले उक्त क्षेत्रमा पनि फिडर सटडाउन गरिने प्राधिकरणले जानकारी दिएको छ ।

यसैगरी ललितपुर जिल्लाको सैबु फिडर अन्तर्गत पर्ने फुलबारी चोक, भैसेपाटी आवास क्षेत्रमा पोल सारिने भएकोले फिडर सटडाउन गरिने प्राधिकरणले जनाएको छ ।

भोलि शनिबार ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु फुलबारी चोक, महतो मार्ग पुरानो वडा कार्यालय, भैसेपाटी आवास, भैसेपाटी चोक, ऋषि मन्दिर एरिया, एकल डाडा, नक्खुडोल, तालिम केन्द्र, रेडिओ नेपाल टावर, गोकुल आवास, वाई वाई चोक, खड्का गाउ, खोकना दोबाटो, डिश होम, कार्य बिनायक हाउजिङ ए लगायतका सम्पूर्ण क्षेत्रहरुमा बत्ति जाने भएको हो ।

यसैगरी सडक विस्तारका लागि खोकना फिडर अन्तर्गत पर्ने चुनिखेल क्षेत्रमा पनि पोल सारिने भएको छ । भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त कार्यका लागि चुनिखेल, कतार एम्बेस्सी, खोइचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्ती एरियामा लगायतका सम्पूर्ण क्षेत्रहरुमा फिडर सटडाउन गरिने भएको छ ।

काठमाडौंको बासबारी फिडर अन्तर्गत पर्ने कपन मार्गमा रहेको ट्रान्सफर्मर मर्मत गरिने भएकोले भोलि दिउँसो २ बजेदेखि ३ बजेसम्म महाराजगञ्ज, कपनमार्ग, पिपलबोट, गंगालाल हस्पिटल लगायतका क्षेत्रमा बत्ति जाने भएको छ ।

news18nepal

७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया