मंगलबार १२ आश्विन २०७८

मोरङको रतुमाई सातमेडीस्थित जननेता स्वर्गीय मदन भण्डारीको घर संरक्षण र हेरचाहमा जीवन विताएका घनश्याम भण्डारीको परिवारलाई अन्तै सार्ने तयारी गरिएको छ।

राष्ट्रपति विद्या भण्डारीको श्रीमानसमेत रहेका मदनको घर रेखदेख गर्दै आएका भण्डारी यति बेला निकै दुःखी छन्। भण्डारीको परिवारलाई मदनग्राम पूर्वाधार संरक्षण समितिले घर छाड्न भनेपछि उनी थप तनावमा परेका हुन्।

‘संस्थाले बोलाएपछि २०६३ सालमा इलामबाट आएर जननेता मदन निवासको हेरचाह गरियो, अहिले हामीलाई निकाल्ने तयारी भईरहेको छ’, भण्डारीले दुःखी हुँदै । भण्डारीसँगै श्रीमती यसोदा र २ छोरा पनि सँगै बस्दै आएका छन्। २०६३ साल अगाडि खाली रहेको यो घर अहिले यहीँ परिवारको संरक्षणमा छ।

पूर्वको टिभीले भण्डारी दम्पतिसंग गरेको कुराकानी तल हेर्न सकिन्छ ।

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया