मंगलबार १२ आश्विन २०७८

जिरे खुर्सानि का मुखाँ हानु जस्तो शिवहरि पौड्यालको स्वास्थ्य स्थीति नाजुक भेन्टिलेटरमा राखेर उपचार हुँदै,शिघ्र स्वास्थ्यको कामना !\

अभिनेता एवं निर्देशक शिवहरि पौड्याललाई पनि भाइरस पुष्टि भएको छ । घरमै आइसोलेसनमा रहेका पौडेलको स्वास्थ्यमा समस्या सुरु भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगेर आइसियुमा भर्ना गरिएको हो ,

राजधानीको नैकापस्थित एपीएफ अस्पतालको आइसियुमा उनको उपचार भैरहेको परिवारका सदस्यले जनाएका छन् । अहिले उनलाई आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार गरिएको छ ।

महामारी फैलिएपछि नेपालका थुप्रै कलाकार संक्रमित भएका छन् । केही दिन अघि मदनकृष्ण श्रेष्ठलाई भाइरस पुष्टि भएको थियो । ८ दिन अस्पताल बसेर घर फर्केका श्रेष्ठलाई घर पुग्नासाथ फेरी स्वास्थयमा समस्या देखिएपछि दोस्रो पटक अस्पताल भर्ना गरिएको छ । उनलाई अझै घर ल्याइएको जानकारी आएको छैन ।

सम्भवत उनी अझै अस्पतालमै छन् । त्यस्तै कलाकार नरेन्द्र महर्जन, रविन्द्र खड्का, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउत, शिल्पा मास्के पनि आइसोलेसनमा छन् । उनीहरुलाई पनि भाइरस पुष्टि भएको हो।

२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया