शुक्रबार ०१ आश्विन २०७८

काठमाडौँ । तपाईंले कमाएको पैसा सबै खर्च गर्नुहुन्छ ? केहीले धेरै प्रयासबाट आफूले कमाएको पैसा जोगाउन सक्छन् । तर केही व्यक्ति भने पैसा जोगाउन नसकेर हैरान नै भएका छन् ।

आज हामीले पैसा कसरी बचाउने भन्ने विषयमा चर्चा गर्छौँ । जुन कुराले तपाईंलाई सहयोग गरोस् ।

पैसा बचाउने कुरा पनि एक प्रकारको कला हो । धेरै व्यक्तिले आफूले पैसा बचाउन नसकेको भन्दै गुनासो गर्छन् । पैसा बचाउन नसक्ने समस्या भएमा कुनै पनि योजनामा सफल हुन समस्या हुन्छ ।

तपाईंको पनि कमाएको सबै पैसा खर्च गर्ने वा बचत नगर्ने समस्या छ भने विभिन्न उपायको अवलम्वन गर्न सक्नु हुन्छ ।

खर्चको सूची बनाउनुस्

तपाईंले ससानोदेखि ठूलोसम्म खर्च गर्ने शीर्षक बनाउनुस् । यसले तपाईको आम्दानी र खर्चबीचको सन्तुलन कायम गर्छ ।

ठूलो खर्चहरु घर बनाउन, कार खरिद गर्न, बालबालिकाको पढाइलगायतका शीर्षक जब तपाईंले लेख्नुहुन्छ तब खर्च कटौती सुरु हुन्छ ।

कार्डको प्रयोग कम गर्नुस्

यो पनि पढ्नुहोस
साँचो माया पाएपछि केटाहरुले देखाउँछन् यस्तो व्यवहार, तपाईमा पनि देखियो…

भूलेर पनि केटीलाई नभन्नुस् यी तीन कुरा, नत्र हुनसक्छ तनाब

क्रेडिट कार्ड वा एटिएम कार्डको माध्यमबाट पैसा खर्च गर्न रोक्नुपर्छ । सबै प्रकारका खर्च गर्ने कार्डबाट थाल्नु भएको छ भने त्यो कुरा नियन्त्रण गर्नुस् ।

एक महिनामा आफूले बनाएको योजनाअनुसार खर्च गर्नुस् अर्को महिना स्वत तपाईं बचत तर्फ उन्मुख हुन थाल्नु हुन्छ ।

कर्जा नराख्नुस्

आफूले कुनै पनि प्रकारको कर्जा लिने र दिने काम नगर्नुस् । तपाईंले कसैसँग कर्जा लिनु भएको छ भने त्यो तत्काल भुक्तान गर्नुस् र आफूले दिएको कर्जा पनि माग्न थाल्नुस्।

ठूलो काम गर्नु पहिले कर्जा भुक्तान गरेरमात्र खर्चगर्न थाल्नु भयो भने तपाईंलाई समस्या पर्दैन ।

आपतकालिन कोष बनाउनुस्

बचतका लागि तपाईंले आपतकालिन कोष बनाएर योजना बनाउन पनि सक्नु हुन्छ । त्यस्तो अवस्थामा यो कोष आवश्यक पर्छ जब तपाईंसँग अन्तिम विकल्प होस् । यस्तो कोषले तपाईंलाई अन्तिम अवस्थामा साथ दिन्छ ।

पैसा बचाउनका लागि योजनाअनुसार आफूलाई अगाडि बढाउनुस् । खर्च कसरी र किन गर्ने भन्ने कुराको एक पटक समिक्षा गर्नुभयो भने पनि धेरै खर्च कटौती हुन्छ ।

nayapusta

२४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया