शुक्रबार ०१ आश्विन २०७८

अक्षय तृतीया वैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ । पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ ।

यसै कारण अक्षय तृतीया भनिएको हो।[२] सबै बाह्र महिनाका शुक्ल पक्षीय तृतीया शुभ छन् तर वैशाख महिनाको तिथि स्वयं सिद्ध मुहूर्तहरूमा मानिन्छ ।

 

भविष्य पुराण अनुसार यस तिथिको युगादि तिथिहरूमा गणना हुन्छ, सत्य युग र त्रेता युगको प्रारम्भ यसै तिथिबाट भएको थियो । भगवान् विष्णुले नर-नारायण, हयग्रीव र परशुराम को अवतरण पनि यसै तिथिमा भएको थियो।

शास्त्रीय विधान अनुसार आज दियो कलश र गणेशलाई पुजी कलश माथि अष्ट दल लेखेको तामाको थाली राखेर अष्ट दलमा पूजा गरिन्छ ।

सरकारले अनुमति दिएमा टयाक्सीलाई दोश्रो एम्बुलेन्स बनाउँछौं

 

शास्त्रमा अक्षय तृतीया एवं अक्षय तृतीयाको माहात्म्य

शुभ एवं पूजनीय कार्य यसै दिन गरिन्छ, जसबाट प्राणी (मनुष्य) को जीवन धन्य हुन जान्छ ।

यस दिनबाट सत्ययुग र त्रेता युगको आरम्भ भएको विश्वास गरिन्छ ।

श्री परशुराम जी को अवतरण पनि यसै दिन भएको थियो ।

यसै दिन चार धाम मध्ये एक श्री बद्रीनारायणको ढोका खुल्दछ ।

नर-नारायण यसै दिन अवतरित हुनु भएको थियो ।

हयग्रीवको अवतार पनि यसै दिन भएको थियो ।

वृन्दावनका श्री बाँकेबिहारीको मन्दिरमा यसै दिन श्री विग्रहको चरणको दर्शन गर्न सकिन्छ अन्यथा सम्पूर्ण वर्ष श्री चरणलाई लुगाले ढाकिन्छ ।

जो मनुष्य यस दिन गङ्गा स्नान गर्दछ, त्यसलाई अनेकौँ पापबाट मुक्ति मिल्दछ ।

यस दिन परशुराम जी को पूजा गरेर उनलाई अर्घ्य दिँदा ठुलो पुण्य प्राप्त हुने मान्यता छ ।

श्रीकृष्णले पनि यस तिथिलाई परम पुण्यमय मान्नु भएको छ । यस दिन मध्याह्न भन्दा पहिले नै स्नान, जप, तप, होम, स्वाध्याय, पितृ-तर्पण तथा दान आदि सम्पन्न गर्ने महाभाग व्यक्तित्वले अक्षय पुण्य फलको भागी हुने अवसर प्राप्त गर्दछ ।

वैशाख ३१ गते अक्षया तृतिया परेको छ । अक्षय तृतियाको दिन ग्रहगोचरको कारणले गर्दा यी ४ राशिलाई अत्यन्तै राम्रो हुने छ ।

हेर्नुहोस भिडियो

ktmdainik

३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया