बिहिबार ११ कार्तिक २०७८

काठमाडौं, जेष्ठ १ गते । ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर बोकेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल आइपुगेको छ । आज ओमानको राजधानी मस्कटबाट मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले सहयोग जुटाइ उक्त सिलिन्डर नेपाल पठाएका हुन् ।

नेपालमा यस अघिका विपत्तिका बेलामा पनि एनआरएनले आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएको छ ।अक्सिजन सिलिन्डर खाडी मुलुकमा रहेका नेपाली र नेपाली दूतावास ओमानको सहकार्यमा नेपाल पठाईएको हो ।

केही दिन देखि नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले अक्सिजन ग्यास लगायत स्वास्थ्य सामग्री विभिन्न मुलुकबाट ल्यादै आएको छ । यसै बीच ओमानबाट फर्किएको जहाज आज राति ११ बजे चीनको राजधानी बेइजिङ स्वास्थ्य सामगी लिन जाने बताइएको छ ।

यो पनि,,,,राष्ट्रियसभा उपचुनावमा राप्रपाले एमालेका उम्मेदवार बादललाई समर्थन गर्ने,,,,काठमाडौं । राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन् । शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्ष्क्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराएका थिए ।

यदि एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको राप्रपाका एक नेताले जानकारी दिए । उनले भने, ‘औपचारिक निर्णय त भएको छैन । तर महामारीका कारण फेरि बैठक बस्न सम्भव नहुने भएकाले एमालेले औपचारिक आग्रह गरे भोट दिने सहमति भएको छ ।’

वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन् ।

५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया