शनिबार ०४ बैशाख २०७८

निकै चर्चा पाएका दुई रेलमार्ग काठमाडौं–रक्सौल र केरुङ–काठमाडौंको विस्तृत अध्ययन अझै अघि बढ्न सकेको छैन । व्यापारिक रूपमा चीन र भारत जोड्ने भएकाले उक्त मार्गलाई महत्त्वपूर्ण रूपमा हेरिए पनि अध्ययनमा अलमल देखिएको हो ।
२०७७ कात्तिकमा भारतले कोभिडको जोखिम भए पनि आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गर्न तयार रहेको जनाउँदै रेल विभागलाई पत्र पठाएको थियो । भारतको कोंकण रेलवे कर्पोरेसनले चिठीमार्फत बोलाउना साथ आउन तयार रहेको जनाएको थियो । उसले अध्ययनमा प्रयोग हुने मेसिन र जनशक्तिको संख्यासमेत पठाएको थियो । तर नेपाल सरकारले कोभिडको समय भन्दै आउन अनुमति दिएन । भारतबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहसम्म रेल चल्छ । उक्त स्थानबाट काठमाडौंलाई जोड्ने गरी रेलमार्ग बनाउन लागिएको हो । यो रेलमार्ग बाराको जितपुर हुँदै निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको छेउ हुँदै निर्माण गरिनेछ ।

aajakosandesh

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया