Monday, October 26

२४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५३ जनालाई कोरोना पुष्टि भएको छ

July 28, 2020 119

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५३ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका १ जना गरी ५३ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

देशभर ३११ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभर थप  ३११ जनालाई  कोरोना पुष्टि भएपछि संक्रमितकोे संख्या  १९ हजार ६३ पुगेको छ।

प्रतिकृया दिनुहोस्