Tuesday, November 24

कोरोना संक्रमण सुदूरपश्चिममा फेरी बढेको छ ८० जनामा कोरोना पुष्टी

July 28, 2020 143

धनगढी – केही दिन यता सुस्त रहेको कोरोना संक्रमण सुदूरपश्चिममा फेरी बढेको छ। आज देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा यँहाका ८० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार डडेल्धुरा अस्पतालमा आज भएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो गौतमका अनुसार डोटीका ३५ र बझाङ जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको हो।

यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १५ महिला र २७ पुरुषमा गरी ४२ जनामा कोरोना पुष्टी भएको हो ।

संक्रमित सात महिला एघार पुरुष कैलालीको गोदावरी नगरपालिकाका रहेका छन भने ६ महिला १६ पुरुष डोटीका रहेको सेती प्रादेशिक अस्पतालले जारी गरेको आजको प्रेस नोटमा उल्लेख गरिएको छ ।

यस्तै कन्चनपुरका दुई महिलामा पनि कोरोना देखिएको छ ।

योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय २७ पुगेको छ भने ९ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्