मंगलबार १२ आश्विन २०७८

काठमाडौँ । धेरैलाई राति अबेरसम्म निन्द्रा लाग्दैन। निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि’ भनेर कल्पन्छन् यस्ता मान्छे ।

यस्ता मान्छेका लागि एउटा जादू उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुहन्छ ।आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब दिनु जरूरी हुन्छ।

-गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भाग। सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस्।-नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग । यहाँ पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ।-पाइतालाको मध्यभाग। यहाँ चाहिँ पहिला ३० सेकेन्ड दबाब दिनुस्, त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस्।

तपाई काठमाडौं उपत्यका छोड्न चाहनुहुन्छ भने सरकारले दियो यस्तो मौका

काठमाडौं । निषेधाज्ञाका बीच काठमाडौ छोड्न चाहने नागरिकका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले समय उपलब्ध गराएको छ । लामो समय सम्म निषेधाज्ञा हुँदा काठमाडौमा अलपत्र परेकाहरुलाई गन्तब्यमा जान दिनका लागि शुक्रवार राति सम्मका लागि समय दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौको बसपार्क लगायतका क्षेत्रमा गन्तब्यमा जान नपाएर अलपत्र परेकाहरुलाई मध्यनगर राखेर यस्तो सुविधा दिइएको हो ।

जारी निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । बसपार्क लगायत नाकाहरुमा सर्वसाधाण अलपत्र परेको देखिएपछि उपत्यका छाड्न आज रातभर अनुमति दिएको उनले बताए ।

अलपत्र परेकाहरुलाई उद्दार स्वरुप सुविधा दिइएको हो । बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्यरुपमा पेश गर्नुपर्ने पनि सीडीओ पराजुलीले जानकारी दिए । तेस्रो पटक थपिएको निषेधाज्ञा जेठ ३ सम्म लागू गरिएको छ ।

postpatrika

१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया