बुधबार ०९ आषाढ २०७८

यो फोटो सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर जनमैत्री अस्पतालमा गाडीबाट झर्दै गर्दाकाे हो, जतिबेला रवि लामिछाने मन्त्रीज्यूलाई दस औँला जाेडेर स्वागत गर्दै थिए । कतिले हिजाेकाे भिडियाे हेरेपछि रविले त्यसरी ‘जाबो एक सिलिन्डर अक्सिजन ल्याउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’ नभनेकाे भएपनि हुन्थ्याे भने । जानकारी हाेस् , मन्त्रीज्यूको घर जनमैत्री अस्पताल नजिकै छ । मन्त्रीज्यू आफ्ना चिनेजानेका विरामीलाई भर्ना गर्न अस्पताल प्रशासनलाई निरन्तर दबाब दिई रहनु भएकाे रहेछ । तर, अस्पतालका लागि अक्सिजन मिलाइदिने आग्रह चाहिँ नसुने झैं गर्ने ।
अस्पतालमै आएका बेला रविले मन्त्रीज्यूलाई अक्सिजन मिलाइदिन आग्रह गरे । मन्त्रीज्यूले जति पनि मिलाइदिने भनेर नजिकैको अक्सिजन उद्योग लैजानु भयाे । तर, एक सिलिन्डर पनि मिलाउन सक्नु भएन । आफन्तलाई उपचारकाे दबाब दिने तर एक सिलिन्डर अक्सिजन मिलाउन नसकेपछि रविले भन्दिए, ‘एक सिलिन्डर अक्सिजन मिलाउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’

dainiksangalo

५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया